चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न
चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...
काठमाडौं - नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले मोटरिङ एकेडेमीको लागी सम्झौता गरेको छ । बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कुलसंग मोटरिङ नेपालले व्यवस्थापन गर्ने गरी सझौता गरेको हो ।
चण्डेश्वरी ड्राइभिङ स्कुलका सञ्चालक राम श्रेष्ठ तथा नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमति पत्रमा नियतित रेसिङका गतिविधि, कार्टस् सञ्चालन विधि, सेफ्टी ड्राइभिङ ओरियन्टेसन तथा सदस्यलाई कर्पोरेट डिस्काउन्ट सम्बन्धि विषयहरु रहेका छन् ।
मोटरिङ नेपालले व्यव्स्थापन गर्ने सो सम्झौता नेपाल अटोमोवाइल्स एसोसिएसनद्वारा प्रस्तावित नेपालकै पहिलो मोटरिङ एकेडेमीको कार्यक्रमको लागी समेत यस सम्झौताले सहयोग पुग्नेछ । चण्डेश्वरी ड्राइभिङ स्कुलले ड्राइभिङ पार्टनरको रुपमा संघसंगको आवद्धताले मोटरस्पोर्टस तथा सेफर मोविलिटिको क्षेत्रबाट आफ्नो राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रवद्र्धन र सेवाविस्तारमा मद्दत मिल्नेछ ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए) वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई तथा मोटरिङ नेपालका सञ्चालक अंकित भण्डारी उपस्थितीमा सम्पन्न सो सम्झौता आदानप्रदानले नेपालको मोटरस्पोर्टस्, सेफर मोविलिटी तथा ड्राइभिङ ट्रेनिङको क्षेत्रमा समेत नयाँ आयाम थप्ने विश्वास गरिएको नासा नेपालले जनाएको छ ।
चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...
आगामी डिसेम्बर १२ मा उज्वेकिस्तानको तासकन्तमा हुने एफआईए अर्थात फेडरेसन...
काठमाडौं – कोभिड–१९ संक्रमणमा बिरामी ओसारपसारमा संलग्न एम्बुलेन्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...