नासा नेपालले पायो एफआईएमको प्रतिष्ठित सोलिडारिटी ट्रफी

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले संसारकै एकमात्र मोटर साइक्लिस्ट फेडरेसन अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ (एफआईएम) द्वारा पहिलोपटक स्थापित  FIM Family Solidarity Trophy प्राप्त गरेको छ ।

हालै सम्पन्न वार्षिक साधारण सभामार्फत सो ट्रफीको घोषणा गरिएको थियो । स्विजरल्याण्डको जेनेभामा केन्द्रीय कार्यालय रहेको एफआईएममा विश्वका ११७ National Motorcycling Federation (FMN) र ६ वटा महादेशीय महासंघ (CONU) आवद्ध छन् । नेपालबाट नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) यसको राष्ट्रिय संघ हो ।

यही जनवरी २८ तारिखबाट शुरु भई हिजो ३० तारिख मध्यरातमा सम्पन्न सो साधारण सभामा एफआईएमका अध्यक्ष जर्ज भेगासले सो ट्रफीको घोषणा गरेका थिए । नासा नेपाल सहित स्पेन, टर्की, इन्डोनेसिया, इटाली लगायत १५ देशका राष्ट्रिय संघहरुले सो अवार्ड प्राप्त गरेका छन् ।

नेपाल जस्ता प्रारम्भिक चरणमै रहेको संघले विश्वव्यापी अवार्ड प्राप्त गर्नु नेपाली अटोमोबाइल्स क्षेत्र र राइडर्सको लागि मात्र नभई सिङ्गो खेलकुद र नेपालकै लागि खुसीको कुरा भएको नासा नेपालले जनाएको छ ।

७७ फेडरेसनहरु सहभागी साधारण सभाले गत वर्ष २०२० का प्रतिवेदन अनुमोदन गरि सन् २०२१ को कार्यक्रम र बजेट पारित गरेको छ । त्यस्तै, सन् २०२१ मै नेपालमा International Motorcycling Conference आयोजना गर्ने नासा नेपालको प्रस्ताव समेत अनुमोदन गरेको छ ।

इराक र मोजम्बिकका मोटरसाइकल फेडरेसनलाई सदस्यता दिने र इजरायलको संघ परिवर्तन गर्ने प्रस्ताव समेत पारित गरेको सो साधारणसभामा क्यानडाको मोटरसाइकल फेडरेसनको सदस्यता खारेज प्रस्ताव भने असफल भएको छ ।

महासंघको नेतृत्वमा मोटरसाइकल फाउन्डेसनको स्थापना गर्ने, राइडर्सको बिमाको लागि ग्लोबल्ली लबिङ्ग गर्ने, वातावरण संरक्षण, महिला शसक्तिकरण र सडक सुरक्षामा विश्वव्यापी रुपमा सक्रिय हुने लगायतका निर्णय समेत साधारण सभाले गरेको छ ।

कोभिड—१९ को कारण भौतिक र भर्चुअल दुवै माध्यमबाट सम्पन्न सो साधारण सभाले महसंघको रिक्त ३ कार्यसमिति सदस्यको निर्वाचन समेत सम्पन्न गरेको छ जसमा स्पेनिस, कतारी तथा स्विडिस फेडेरेसनका उमेदवारहरु निर्वाचित भएका छन् ।

आगामी विश्व साधारणसभा मोनाकोमा तथा एसियन साधारणसभा मकाओमा आयोजना गर्ने प्रस्ताव समेत पारित गर्दै २०२१ को लागि MotoGP देखि E-Bike सम्मका दर्जनौ प्रतिस्पर्धा समेत घोषणा गरिएको छ ।

नेपालको तर्फबाट राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराई, नासा नेपालका सचिव (मोटरसाइक्लिङ) सन्तोष न्यौपाने र सदस्य दिप्रस शाक्यले सो साधारणसभामा सहभागिता जनाएका थिए ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...