नासा नेपाल र अटो एभबिच साझेदारी, वर्कशप सर्भिस र पार्ट्समा छुट पाइने

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्ना सदस्यहरुलाई विभिन्न उत्पादन र सेवामा प्रिभिलेज सुविधा दिने क्रममा अर्केि एक संस्थासँग सहकार्य सुरु गरेको बताएको छ ।

काठमाडौँको जोरपाटी, दक्षिणढोका स्थित अटो एभ प्रालिसँग एसोसिएसनले प्रिभिलेज सम्बन्धी सम्झौता जेठ १९ गते सम्पन्न गरेको बताएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसनका सचिवालय सदस्य यदुराज लामिछाने र अटो एभका संचालक मदुसूदन सिग्देलले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता अन्तरगतको एसोसिएसनका नियमित शुल्क बुझाउने सबै किसिमका सदस्यहरु, संघमा सुचिकृत भएका खेलाडी तथा प्राविधिकहरुले वर्कशप सर्भिसमा २० प्रतिशत र सबै किसिमको पार्टस्मा १५ प्रतिशत छुट सुविधा पाउने छन् । सो सुविधा सबै किसिमका संस्थागत सदस्यहरु, संघमा आवद्ध क्लब तथा कर्पोरेटहरु समेतले सो सुविधाको उपयोग गर्न सक्नेछन् । जसको लागि संघको प्रिभिलेज कार्ड अनिवार्य हुनेछ, जसको व्यवस्थापन मोटरिङ नेपाल तथा टुरमाण्डु नेपालले सुरु गरेको छ ।

जोरपाटी, नयाँबस्तीको सेवा अटोमोबाइल समेत एसोसिएसनको मेकानिकल पार्टनरको रुपमा यस अघि देखि नै कार्यरत रहेको छ । जससँगको सहकार्यमा संघले रेसिङको लागि प्रयोग गरिने कार, जिपको लागि मेकानिकल सपोर्ट गरिरहेकको छ । सो वर्कशपमा समेत मेकानिकल सर्भिसमा २० प्रतिशत छुट प्रिभिलेज कार्ड मार्पmत दिइएको नासा नेपालले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...