बीवाईडीको नयाँ ८ सिरिज ट्याङ इलेक्ट्रिक एसयूभी सार्वजनिक
बीवाईडीले आफ्नो डायनेस्टी सिरिज विस्तार गर्दै नयाँ ८ सिरिज ट्याङ...
काठमाडौं, नेपाल – नामी ०१ प्रिमियम ह्याचब्याकको सफलतापछि एमएडब्ल्यू वृद्घिले आफ्नो अर्को ग्लोबल ईभी नामी भिगो नेपाली बजारमा ल्याएको छ। यो गाडी पहिलोपटक नाडा अटो शो २०२५ मा सार्वजनिक गरिएको थियो जहाँ यसको भविष्यमुखि डिजाइन, प्रिमियम कम्फर्ट र स्मार्ट प्रविधिले सबैको ध्यान खिचेको थियो। अब यसकाे आधिकारिक डेलिभरी नेपालभर सुरु भएकाे छ ।
भिगोमा “हेभन एण्ड अर्थ” टेलगेट, वेलकम र मेमोरी सीटहरू, म्युजिक-सिंक्ड एम्बीएन्ट लाइटिङ, एक्सटेरियर स्पिकर र थ्रीसी फास्ट चार्जिङ (३०–८० प्रतिशत चार्ज मात्र १८ मिनेटमा) जस्ता धेरै सेगमेन्ट-फर्स्ट विशेष फिचरहरू रहेका छन् जसले गर्दा भिगोले नयाँ स्ट्यान्डर्ड सेट गरेको छ।
यसमा लेभल टु एडास, वायरलेस चार्जिङ, हिटेड र भेन्टिलेटेड ड्राइभर सीट, अड्याप्टिभ हेडलाइटहरू र १८ इन्च अलोय व्हिल्स जस्ता प्रिमियम सुविधाहरू छन् जसले यात्रालाई अझ स्मार्ट र आरामदायी बनाउँछ।
सुरक्षाका सर्वोपरी हुने भएकाले भिगोमा ६ वटा एयरब्यागहरू, भेइकल स्टेबिलिटी असिस्ट, एबीएस, ईबीडी, ईएससी, हिल स्टार्ट असिस्ट र एक्टिभ ब्रेकिङ सिस्टम छन्।
साथै, सहजताका लागि पोक्जिमिटी अनलक, अटो होल्ड, हेडलाइट डिले-अफ, वायरलेस अपलाई कारप्ले र सिक्स--वे इलेक्ट्रिक सिट्स जस्ता सुविधाहरू छन् जसले दैनिक ड्राइभलाई सजिलो बनाउँछन्।
९९ किलोवाट मोटर र एलएफपी ब्याट्री छ, जसमध्ये ४४.९४ किलाेवाट आवरले ३०० किलोमिटर र ५१.८७ किलाेवाट आवरले ३५० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । नामी भिगोले दक्षता, सहजता र सुरक्षा तीनै पक्षमा सन्तुलन दिन्छ।
यो एसयूभी सेतो, सिलभर, पहेंलो, सुन्तला र हरियो रंगमा, र बेइज-ब्ल्याक वा ग्रे-ब्ल्याक इन्टेरियर विकल्पमा उपलब्ध छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...