नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष चर्चा छ । यस मध्ये पनि नामीको स्टलको चर्चा अरु भन्दा फरक छ ।

नेपाली बजारमा पहिले उपलब्ध इन्ट्री लेभलका ईभीहरुको प्रतिस्पर्धीको रुपमा नामीका तीन भेरिएन्ट केही दिन पहिले सार्वजनिक भएका थिए । त्यही मोडल हाल नाडा अटो शोमा डिस्प्ले गरिएको छ । नाडामा उपलब्ध सर्बाधिक चर्चित गाडीहरुमा नामी पनि एक हो ।

नामीको स्टलमा धेरै अवलोकनकर्ताहरु झुम्मिएको देख्न सकिन्छ । हाल सम्म स्टलमार्फत ३०० युनिट भन्दा बढी बुकिङ भएको नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले जनाएको छ ।

स्लिक डिजाइन, स्पेसियस इन्टेरियर र कटिङ एड्ज प्रविधिले भरिएको नामी अद्वितीय ड्राइभिङ एक्सपिरियन्स र हेड टर्नका लागि डिजाइन गरिएको हो । यो फ्युचरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरिएन्टमा उपलब्ध छ जसको सुरुवाती मूल्य क्रमसः २९ लाख ९९ हजार, ३१ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । ड्युअल टोनको लागि भने थप ५० हजार रुपैयाँ लाग्ने छ ।

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीले ७० किलोवाटको पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । यो नयाँ ईभी ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ जसको रियल लाइफ रेन्ज ४३० किलोमिटर ९सीएलटीसी० रहेको छ । नामीको पर्फमेन्सलाई यसका इन्टेलिजेन्ट फिचरले अझ परिस्कृत बनाएको छ जसले सिटी ड्राइभिङका लागि यसलाई बेजोड बनाउनेछ ।

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ टेबल टपसहितको प्यासेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ ।

नामीमा भएको एक उत्कृष्ट सुविधा हो अटोमेटिक पार्किङ सिस्टम । सो उन्नत प्रविधिका कारण सहरको टाइट स्पेसमा पनि सहज तरिकाले पार्किङ गर्न सहयोग पुग्छ । यसबाट तनावमुक्त ड्राइभिङमा समेत सहयोग पुग्छ ।

नामी पाँच जीवन्त कलर अप्सनमा उपलब्ध छ । सो गाडी ह्वाइट, येल्लो र ब्लुका साथै ह्वाइट एन्ड येल्लो र ह्वाइट एन्ड ब्लु ड्युअल टोन अप्सनमा उपलब्ध छ । यी कलर अप्सनका कारण नामी ०१ सडकमा स्टाइलिस र आई–क्याचिङ भेइकल बन्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

हिरोको इलेक्ट्रिक स्कुटरद्वारा २४ घण्टामा १७८० किमी पार गरी नयाँ रेकर्ड कायम

हिरोको इलेक्ट्रिक स्कुटरद्वारा २४ घण्टामा १७८० किमी पार गरी नयाँ रेकर्ड कायम

हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर भिडा भी१ प्रोले २४ घण्टामा १७८०...

चीनमा यो साताका समाचार : फोर्ड देखि बीवाईडी र चेरी देखि अन्य कम्पनी चर्चामा

चीनमा यो साताका समाचार : फोर्ड देखि बीवाईडी र चेरी देखि अन्य कम्पनी चर्चामा

चिनियाँ सवारी साधन बजार विश्वकै लागि चासोको विषय बन्छ । पछिल्लो समयमा...

दुई महिनामै १० लाख गाडी उत्पादन, बीवाईडीले पार ग-यो ९० लाख गाडी उत्पादनको माइलस्टोन

दुई महिनामै १० लाख गाडी उत्पादन, बीवाईडीले पार ग-यो ९० लाख गाडी उत्पादनको माइलस्टोन

बीवाईडीले ९० लाखौ गाडी प्रोडक्सन लाइनमा रोल्ड अफ गरेको छ । बीवाईडीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...