चितवनमा नामी सार्वजनिक, चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार

चितवन - नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एएमएडब्लू वृद्धिले चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ ।

आइतबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष सुमन श्रेष्ठ, युरो अटोमोटिभका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त र एमएडब्लू वृद्धि मोटर्सका बिक्री प्रमुख राजेन्द्र सिग्देललगायतले संयुक्त रूपमा नामी ईभी सार्वजनिक गरे ।

कार्यक्रममा एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले नामी ईभीले देशभरका ग्राहकहरूबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाइरहेको बताउँदै खुसी व्यक्त गरे ।

साथै उनले खरिद निर्णय गर्नु अघि ब्रान्डको विरासत र नेपालमा वितरकको विश्वसनीयता बुझ्नु पर्नेमा जोड दिए ।

चेम्बर अफ कमर्स चितवनका अध्यक्ष सुमन श्रेष्ठले यो भरपर्दो ब्रान्डको शुभारम्भका लागि बधाई र शुभकामना व्यक्त गरे ।

आफ्नो सेगमेन्टमा सबैभन्दा विलासी र इन्टेलिजेन्ट कार नामी ईभी चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार रहेको कम्पनीले जनाएको छ ।

ह्याचब्याकको रूपमा वर्गीकृत भए पनि यसको आकार प्रतिस्पर्धीहरूको तुलनामा ठूलो रहेको छ । यसको आयाम र चौडाइ यसका प्रतिस्पर्धीहरू भन्दा बढी छ र यसमा धेरै सेगमेन्ट–फर्स्ट र सेगमेन्ट–उत्कृष्ट प्रविधिहरू उपलब्ध छन् ।

नामी ईभीले आफ्नो सेगमेन्टमा विलासिता र बुद्धिमत्ताको नयाँ मानक स्थापित गरेको छ । यसको आकर्षक डिजाइनमा विलासी भित्री भाग र उन्नत स्मार्ट प्रविधि निर्बाध रूपमा एकीकृत गरिएको छ ।

यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस ढोका, फ्लश ढोका ह्यान्डलहरू, अटो पार्किङ र टेबलटप सहितको यात्रु ड्रएरजस्ता सेगमेन्ट–फर्स्ट आविष्कारहरू रहेका छन् ।

ईभी उत्साहीहरूका लागि उपयोगी यो भविष्यवादी ह्याचब्याक नामी ईवान, नामी ईटू र नामी ईथ्री गरी तीन भेरियन्टहरूमा उपलब्ध छ जसको मूल्य ३० लाख २४ हजार रुपैयाँदेखि ३५ लाख ९९ हजारसम्म रहेको छ ।

शुभारम्भसँगै ग्राहकहरूमा थप उत्साह भर्न एमएडब्लू वृद्धिले माघ २१ गतेदेखि २३ गतेसम्म भरतपुरको सीएमटी रिसोर्टमा चितवनकै सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दैछ । जहाँ ग्राहकहरूले यस अवधिमा विभिन्न विशेष अफरहरूको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।

यसमा सेरेस र नामी ईभीको खरिदमा निःशुल्क ७ किलोवाट चार्जर, ट्रेड–इनहरूको लागि असाधारण एक्सचेन्ज मूल्य र बोनस एवम् छिटो र सजिलो अन–साइट फाइनान्सिङका विकल्पहरू रहेका छन् ।

सम्बन्धित समाचारहरू

महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक, नोभेम्बर २६ मा दुई मोडल लन्च हुँदै

महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक एसयूभीको टिजर सार्वजनिक, नोभेम्बर २६ मा दुई मोडल लन्च हुँदै

महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभीको पहिलो झलक सार्वजनिक गरेको छ ।...

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर लन्च गर्दै क्लासिक ह्विल्स

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर लन्च गर्दै क्लासिक ह्विल्स

काठमाडौं – नेपालमा हाल क्रसफायर र इटालिका मोटोका मोटरसाइकल बिक्री वितरण...

टीटी ग्लोबलले पोखरामा सुरु ग-यो धनतेरस ईभी कार्निभल

टीटी ग्लोबलले पोखरामा सुरु ग-यो धनतेरस ईभी कार्निभल

पोखरा – नेपाली बजारमा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...