हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने
काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...
नेपाली बजारमा डेलिभरी शुरु गरिए पश्चात करिव एक महिनाकै समयमा ३०० डोङफेङ नामी ईभी सडकमा गुड्न थालेका छन् । नामी ईभीमा भएका विभिन्न उत्कृष्ट फिचरका कारण मात्र नभई नेपालका लागि नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले गरेको विभिन्न प्रवर्धनात्मक कार्यले समेत यसमा भूमिका खेलेको मान्न सकिन्छ ।
बिग ह्याच विथ फाइभ–स्टार लक्जरी भनिने नामी ईभीलाई नेपाली अटोमोबाइल उद्योगमै पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरिएको थियो। कारहरू लन्च गर्ने तरिकालाई पुनःपरिभाषित गर्दै यो अनौठो डेब्यू एक स्टाइलिश र आधुनिक उदाहरण बन्यो जसलाई दर्शकहरूले पनि रुचाएका थिए । फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपिललाई दर्शाएको थियो ।
उत्साह यतिमा मात्र रोकिएन । नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटा भन्दा बढी बुकिङ प्राप्त गरेर आकर्षणको केन्द्र बन्दै आफ्ना उत्कृष्ट फिचर्सहरूले ग्राहकहरूलाई आकर्षित गरेको थियो। फ्रेमलेस डोर, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्स्ड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ । विभिन्न कलर विकल्पको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्षक विकल्प बनाएको छ ।
सफलताको यस गतिलाई सदुपयोग गर्दै नामीले देशभरका ग्राहकहरूमा उत्साह ल्याउन क्षेत्रीय लन्चहरूको श्रृंखला नै सञ्चालन ग¥यो । यी प्रयासहरूको सफलता नेपालको सडकहरूमा स्पष्ट देख्न सकिन्छ। नेपालको सडकमा गुडिरहेका ३०० नामी कारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयान गर्दछन्।
एमएडब्लु वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गर्दै भने, ‘नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोन हासिल गरेको छ। फेसन शो थिममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकमाझ साँच्चै नै उल्लेखनीय बनेको छ। आज नेपालको सडकमा ३०० नामी कारहरू देखिनु हाम्रा ग्राहकहरूको यस ब्रान्डप्रतिको विश्वासको प्रमाण हो ।’
नामीको सफलताको कथा आधुनिक सोच र ग्राहक केन्द्रित इनोभेसनको प्रमाण भएको कम्पनीको भनाइ छ । ईभीको संसारमा यो प्रगति र लक्जरीको प्रतीक बनिरहेको छ ।
काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...
टाटा मोटर्सले टिगोर इभीमा फिचर अपडेट गर्ने भएको छ । यो नयाँ अपडेटेड इभी...
विद्युतीय सवारी किन्नका लागि विभिन्न बैंकहरुले दिने अटो कर्जाको ब्याजदर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...