बजेटअघि नामी र सेरेस ईभी किन्दा अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड गर्ने अवसर

काठमाडौं–एमएडब्लु वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि ‘इज अन वालेट’ अफर ल्याएको छ । जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडी चल्ने यो अफरमा ग्राहकले नामी र सेरेस ईभी उत्कृष्ट मुल्यमा पाउनेछन् ।

नेपालका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन हुने यस अफरले ग्राहकलाई नयाँ ईभी मोडलको अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ ।

यस अफरमा कम्पनीले नामी र सेरेसका नयाँ ईभी खरिद गर्ने ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर निशुल्क दिने जनाएको छ । साथै, एक वर्षको अटो–प्लस बीमा, एक वर्षको सवारी कर र एसेसरीज निशुल्क पाइनेछ भने प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार र हरेक बुकिङमा माउन्टेन फ्लाईट गर्ने अवसर प्राप्त हुनेछ ।

यसैगरी, चार भाग्यशाली ग्राहकले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन् । सिमित समयका लागि मात्र मान्य हुने यस अफरको लाभ उठाउन ग्राहकलाई आफ्नो नजिकको नामी र सेरेसको शोरूम अर्थात आधिकारिक डिलरमा गई यी विशेष सुविधाहरूको लाभ उठाउन कम्पनीले आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा सेरेसको थ्री एक्स अफर, ६ लाख सम्म छुट र अन्य सुबिधा पनि

नाडा अटो शोमा सेरेसको थ्री एक्स अफर, ६ लाख सम्म छुट र अन्य सुबिधा पनि

काठमाडौं– नाडा अटो शो २०२५ लाई अझ विशेष बनाउन सेरेसले मेला अवधिभर लागू...

एइटो एम९ को बर्थ प्लेस : ७ लाख उत्पादन क्षमता र ३ हजार बढी रोबोटले काम गर्ने सेरेस सुपर फ्याक्ट्री

एइटो एम९ को बर्थ प्लेस : ७ लाख उत्पादन क्षमता र ३ हजार बढी रोबोटले काम गर्ने सेरेस सुपर फ्याक्ट्री

गत फेब्रुअरी ५ मा प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसले सुपर...

पहिलेकै मूल्यमा उपलब्ध भयो सेरेस ३ को अपग्रेडेड भर्सन

पहिलेकै मूल्यमा उपलब्ध भयो सेरेस ३ को अपग्रेडेड भर्सन

काठमाडौं – नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...