शेखर गोल्छा पक्राउप्रति नाइमाको आपत्ति, विधिको शासन कायम राख्न आग्रह

काठमाडौं–उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको पक्राउलाई लिएर नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भिर आपत्ती जनाएको छ ।

नाइमाको बोर्ड सदस्यसमेत रहेका गोल्छामाथि भइरहेको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै संस्थाले शुक्रबार एक विज्ञप्ति जारी गरी राज्यका निकायहरूलाई संवेदनशीलता अपनाउन र विधिको शासन कायम राख्न आग्रह गरेको हो ।

नाइमाले कुनै पनि व्यक्तिमाथि कारबाही वा प्रक्रिया अघि बढाउँदा सम्बन्धित पक्षलाई आफ्नो कुरा राख्ने पर्याप्त अवसर दिनुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्दछ । प्रक्रियागत स्पष्टता र उचित विवेकले मात्र प्रणालीप्रतिको विश्वास सुदृढ हुन्छ ।’

मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा निजी क्षेत्रको ठूलो योगदान रहेको स्मरण गराउँदै नाइमाले राज्यको व्यवहार सकारात्मक हुनुपर्ने उल्लेख गरेको छ ।

‘निजी क्षेत्रको मनोबल उच्च राख्ने र उद्यमशीलता जोगाउने दिशामा राज्यले उचित नीतिगत सन्देश दिनु आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ । संस्थाले आफू पारदर्शिता र विधिको शासनको पक्षमा रहेको पनि प्रष्ट पारेको छ।

कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष छानबिन हुनुपर्नेमा नाइमाले जोड दिएको छ । कानुन उल्लंघन गर्ने जो–कोहीमाथि कारबाही हुनुपर्छ भन्नेमा संस्था अडिग रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचारहरू

नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

नाइमा आकर्षण : कम मूल्यका कारण चर्चित हेनरी भोल्ट्सका कार

चिनियाँ अटोमोबाइल कम्पनी हेनरीका गाडीहरू मध्ये एक नयाँ मोडल भोल्ट्स सी...

मोबिलिटी एक्सपोमा प्रोटोन ईमास ७, ३ लाख छुट सहितको विशेष अफर

मोबिलिटी एक्सपोमा प्रोटोन ईमास ७, ३ लाख छुट सहितको विशेष अफर

काठमाडौं – प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा...

सिएफमोटो २५० एनके अव ४ लाख ९० हजारमै, ३०० एनकेमा ५० हजार छुट

सिएफमोटो २५० एनके अव ४ लाख ९० हजारमै, ३०० एनकेमा ५० हजार छुट

काठमाडौं– सिएफमोटोले नाइमा मोबिलिटी एक्सपोलाई लक्षित गरी आफ्ना दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...