नाइमा एक्सपो : अल्टाभायोलेट स्टलमा एफ७७ म्याच २ को क्रेज, दुई नयाँ मोडल आउने
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा) ले विद्युतीय सवारी साधन (ईभी) को मोटर क्षमता सम्बन्धी विषयमा स्पष्ट, एकरूप र प्राविधिक मापदण्ड आवश्यक रहेको जनाएको छ।
नाइमाले यसअघि नै अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलमा पनि ईभीको मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनका लागि स्पष्ट प्रणालीको आवश्यकता औँल्याएको थियो ।
संस्थाका अनुसार नेपालमा आयात भइरहेका ईभीहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीका आधिकारिक प्राविधिक विवरण र परीक्षण प्रतिवेदनका आधारमा ल्याइएका हुन्। एउटै मोडलका सवारी साधन विभिन्न देशका बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेसनमा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास भएको पनि नाइमाले स्पष्ट पारेको छ।
वेबसाइट वा सामान्य जानकारीका आधारमा मोटर क्षमताबारे निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने नाइमाको भनाइ छ।
हाल नेपालमा ईभीको मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय मापदण्ड र एकीकृत कार्यविधि पूर्ण रूपमा लागू नभएको भन्दै यसले बजारमा भ्रम र अन्योल सिर्जना गरिरहेको नाइमा बताउँछ।
नाइमाले ईभी मूल्यांकनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रमाणपत्र र उत्पादक कम्पनीका आधिकारिक विवरणलाई आधार मान्नुपर्ने सुझाव दिएको छ। साथै, सरकारी निकायबीच एकरूपता कायम गर्न स्पष्ट प्राविधिक प्रणाली, परीक्षण पूर्वाधार र प्रमाणीकरण प्रक्रिया विकास गर्न पनि आग्रह गरेको छ।
नाइमाका अनुसार विद्युतीय सवारी साधन स्वच्छ ऊर्जा, प्रदूषण न्यूनीकरण र दिगो यातायात प्रणालीको महत्वपूर्ण आधार बनेको छ। त्यसैले यस क्षेत्रमा हुने नीति तथा प्राविधिक निर्णयहरू तथ्य, अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा हुनुपर्नेमा जोड दिइएको छ।
संस्थाले सरकारसँग समन्वय गर्दै पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था हो, जसले 'सबैका लागि गतिशीलता' को अवधारणाअनुसार आर्थिक वृद्धि, औद्योगिक विकास र समावेशी पहुँच विस्तारमा काम गर्दै आएको जनाएको छ ।
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...