सिएफमोटो २५० एनके अव ४ लाख ९० हजारमै, ३०० एनकेमा ५० हजार छुट

काठमाडौं– सिएफमोटोले नाइमा मोबिलिटी एक्सपोलाई लक्षित गरी आफ्ना दुई मोटरसाइकलमा विशेष छुट योजना ल्याएको छ ।

काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपोमा २५० एनके बुकिङ गर्नेलाई ६० हजार र ३०० एनकेमा ५० हजार नगद छुट दिने भएको हो । नाइमा एक्सपोको अवधीभर ५ लाख ५० हजार रुपैयाँ पर्ने २५० एनकलेलाई ४ लाख ९० हजार र ७ लाख ५ हजार रुपैयाँ पर्ने ३०० एनकेलाई ६ लाख ५५ हजारमै बिक्री गर्ने आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरको भनाई छ ।

भोलिसम्म सञ्चालन हुने एक्सपोमा आएर मोटरसाइकल खरिद वा बुकिङ गर्न कम्पनीले राइडरमाझ आह्वान गरेको छ । एक्सपोपछि भने पहिलेकै मूल्य लागु हुनेछ ।

एक्सपोमा कम्पनीले नेकेड स्पोर्टस डिजाइनको ३०० एनके सहित स्पोर्ट्स मोडल ४५० एसआर लन्च गरेको थियो । जसमा, ४५० एसआरको मूल्य भने १३ लाख ५० हजार निर्धारण गरिएको छ ।

बिक्री भन्दा पनि बिक्री पछिको सेवामा आफ्नो ध्यान केन्द्रित गरिरहेकको यस कम्पनीले सर्भिस र स्पेयर पार्ट्सको उपलब्धता पनि उत्तिकै जोड दिँदै आएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा कार्यरत मेकानिक्सलाई विशेष तालिम दिएर दक्ष बनाउने अभियानमा समेत कम्पनी उत्तिकै सक्रिय भएर लागिपरेको छ ।

विश्व बजारमै प्रिमियम मोटरसाकलको पहिचान बनाएको सिएफमोटोले स्पोर्ट्स, एड्भेन्चर र न्याकेड सेग्मेन्टका मोटरसाइकल उपलब्ध गराएको छ । जसमा, २५० एनके, ३०० एनके, ४५० एनके, ४५० एसआरएस, ४५० एमटी, ६७५ एनके, ६७५ एसआरएस र ८०० एमटी जस्ता मोडल पर्छन् ।

सम्बन्धित समाचारहरू

नाइमा एक्सपोमा चर्चित दुई कार : एउटामा २५ लाख र अर्कोमा २० लाख छुट

नाइमा एक्सपोमा चर्चित दुई कार : एउटामा २५ लाख र अर्कोमा २० लाख छुट

काठमाडौं – काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपो २०२५ मा कार...

नाइमा मोबिलिटी एक्सपोमा सीएफमोटो र जिहोले अफरको वर्षा ल्याउने, २ मोडल लन्च हुने

नाइमा मोबिलिटी एक्सपोमा सीएफमोटो र जिहोले अफरको वर्षा ल्याउने, २ मोडल लन्च हुने

काठमाडौं – सीएफमोटो र जिहोको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड...

नाइमा मोबिलिटी एक्सपोमा लन्च भयो १ करोड ५१ लाखको गाडी

नाइमा मोबिलिटी एक्सपोमा लन्च भयो १ करोड ५१ लाखको गाडी

काठमाडौं– नाइमा मोविलिटी एक्सपो २०२५ मा पारामाउन्ट मोटर्सले माज्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...