नाइमा मोबिलिटी एक्सपाे एक दिन थप, अब सोमबारसम्म चल्ने
काठमाडौं – काठमाडौंकाे भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपाे...
आर्थिक वर्ष २०८२/८३ को बजेटलाई नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले स्वागत गरेको छ ।
नाइमाले सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनको करका दर यथावत राखेर व्यवसायीलाई नीतिगत स्थायित्वको अनुभूति गराएको बताएको छ ।
विगतका वर्षहरूमा करका दर बढाउँदा अटोमोबाइल व्यवसायमा अस्थिरता र अनिश्चिततातर्फ धकेलिएको स्मरण गराउँदै नाइमाले करका दर नचलाएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ ।
विद्युतीय मोबिलिटी अन्तर्गत हाइब्रिड र प्लग–इन हाइब्रिड सवारीसाधनलाई प्रोत्साहन गर्न कुनै नीति नल्याइनुले सरकारकै दिगो यातायात प्रवद्र्धन गर्ने लक्ष्यसँग विसङ्गति देखिएको पनि नाइमाले औंल्याएको छ ।
‘नेपाल सरकारद्वारा संघीय संसदमा पेश गरिएको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि गरिएको सकारात्मक प्रावधान तथा प्रवन्धका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) नेपाल सरकारलाइ हार्दिक धन्यवाद दिदै वजेटको हार्दिक स्वागत गर्दछ ।’
नाइमाले विज्ञप्तिमा थप भनेको छ, ‘प्रत्येक वर्ष बजेट मार्फत सवारी साधनमा आकर्षित हुने करका दरहरु परिवर्तन भई व्यवसायमा कायम रहेको अनिश्चितता र व्यवसायको सञ्चालनमा देखिने गरेको अस्थिरतालाइ चिर्दै यस वर्ष अटोमोबाइलमा आकर्षित हुने गरेको करका दर तथा नीति यथावत कायम गरिएबाट व्यवसायीहरुमाझ नीतिगत स्थायित्वको अनुभूती भइ व्यवसायको विस्तार र प्रवद्र्धनका लागि थप उत्साह सञ्चार भएको छ ।’
अटोमोवाइल क्षेत्रको विकास र विस्तारका लागि वजेटमा समावेश भएका विषयले व्यवसाय प्रवद्र्धनमा थप सहयोग पुग्ने नाइमाले जनाएको छ ।
आगामी आर्थिक वर्षमा अटोमोबाइल क्षेत्रको लागि आकर्षित हुने कर तथा अन्य नीतिहरूमा खास परिवर्तन नभएको कारण यस क्षेत्रमा संलग्न व्यवसायलाई व्यवसाय विस्तारको दीर्घकालीन योजना बनाउन सहज हुनुका साथै बजारमा स्थिरता कायम गर्न मद्दत पुग्ने अपेक्षा नाइमाले गरेको छ ।
विगत वर्षहरुमा बारम्बार भइरहने नीतिगत परिवर्तनहरुको मार झेलेका व्यवसायीहरूको आत्मविश्वास बढाउन हालको प्रवन्धले मद्दत गर्ने नाइमाले उल्लेख गरेको छ ।
विशेषगरी हरित ऊर्जा प्रवद्र्धन, स्वदेशी विद्युत खपत वृद्धि, र प्रदूषण न्यूनीकरणलाई प्राथमिकतामा राखी बिद्युतीय सवारी साधनमा हाल कायम रहेका करका दरहरु हेरफेर नगरिनुले जलवायु परिवर्तन विरुद्ध नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिवद्धतालाइ कार्यान्वयन गर्न सहयोग पुग्नुका साथै वातावरण संरक्षण र दिगो विकासको आधार तयार गर्ने आधार तयार भएको समेत नाइमाले बताएको छ ।
यसका साथै चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ्ग उद्योगका लागि उपकरणमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्थाले स्वदेशमै त्यस्ता मेशीन तथा उपकरण उत्पादन गर्ने उद्योगहरू स्थापना गर्न मद्दत पुगी स्वदेशी लगानीकर्ता लाभान्वित हुने वातावरण तयार भएको नाइमाले जनाएको छ।
यसैगरी निजी क्षेत्रले दशकौं देखि नेपाल सरकारलाइ अनुरोध गरेको विषय मध्ये सडक सुरक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले देशभर सवारी साधनको प्राविधिक अवस्था जाँच गर्ने सवारी फिटनेस केन्द्र स्थापना गर्न वजेटले लिएको नीति निकै सकारात्मक र स्वागतयोग्य रहेको नाइमाले जनाएको छ। यस्ता केन्द्रहरू स्थापना र सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गरेमा यसले देशभर प्रभावकारी सेवा विस्तार, दक्षता अभिवृद्धि र पूर्वाधारको दिगोपन कायम गर्न उल्लेखनीय योगदान पु-याउने विश्वास नाइमाले लिएको छ ।
काठमाडौं – काठमाडौंकाे भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपाे...
काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
काठमाडौं– साउन २१ गतेदेखी सञ्चालन हुने नाइमा नेपाल मोबिलिटी एक्सपो अवलोकन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...