नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ भव्य रुपमा सम्पन्न, १ लाख बढीले गरे अवलोकन
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स...
काठमाडौं - नाइमा मोबिलिटी एक्सपोको अवसरमा विभिन्न सवारीसाधनका कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने क्रम तिब्र छ । यसै क्रममा इलेक्ट्रिक स्कुटर ब्राण्ड सारथी इकुटरले पनि आकर्षक अफर ल्याएको छ ।
नाइमा मोबिलिटी एक्सपोको शुरुको दिन अर्थात आज साउन २१ गते देखि साउनको २५ गतेसम्म लागु हुने गरी सोे अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडल ई३ र विँगर मोडलको स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार नगद छुट पाउनेछन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।
यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्षसम्मको फाइनान्स सुविधा पाउन सकिनेछ ।
यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटरसंग सारथी इकुटरको ब्रान्ड न्यू स्कुटर एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।
यस्तो छ सारथी इकुटर
३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको ई३ दुबै स्कुटरमा २.८ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ, जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
कम्पनीले ई३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तर्गत दुबैमा २५ हजार डिस्काउन्ट पाइनेछ । यी स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ ।
नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरु मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको छ । जसले विगत ६ बर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि विक्रि वितरण गरिरहेको छ ।
काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स...
सवारी साधन आयात र उत्पादन गर्ने व्यवसायी मिलेर गठन भएको नयाँ संस्था नेपाल...
काठमाडौं– काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपोमा जगदम्बा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...