नाइमा मोबिलिटी एक्सपोमा सीएफमोटो र जिहोले अफरको वर्षा ल्याउने, २ मोडल लन्च हुने

काठमाडौं – सीएफमोटो र जिहोको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले आगामी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को अवसरमा आफ्ना दुई मोडल ३०० एनके तथा ४५० एसआरएस लन्चको साथ विशेष अफर सार्वजनिक गरेको छ।

साउन २१ देखि २५ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोमा सहभागी भई सीएफमोटो तथा जिहोका मोटरसाइकल तथा स्कुटर बुकिङ तथा खरिद गर्दा कम्पनीले ‘सीएफमोटो–जिहो अफरको वर्षा’ अन्तर्गत आकर्षक छुट तथा सुविधाहरु उपलब्ध गराउने बताएको छ।

एक्स्पोमा सीएफमोटो तथा जिहोका लोकप्रिय मोडलहरु २५०एनके, ४५०एमटी तथा जिहो एई८ मोडल प्रदर्शनमा राखिने छ। एक्सपोलाई लक्ष्यित गर्दै कम्पनीले आधिकारीक रुपले आफ्नो नेकेड सिरिज अन्तर्गत पर्ने ३०० एनके तथा प्रिमियम स्पोर्ट्स सिरिज अन्तर्गत ४५० एसआरएस मोडलहरु सार्वजनिक गर्ने भएको छ। एक्सपो अवधिभर सो ब्रान्डका मोटरसाइकल तथा स्कुटर बुक तथा खरिद गर्ने ग्राहकले ५० हजार सम्मको भारी छुट, सीएफमोटो जिहो प्रिभिलेज कार्ड तथा केही मोडलमा ५वर्ष वारेन्टी जस्ता सुविधाहरु प्राप्त गर्न सक्ने छन्।

यसका साथै कम्पनीले एक्सपो अवधिभर ग्राहकले सीएफमोटोको ४५० एमटी खरिद तथा बुक गर्दा आकर्षक एमटी हेल्मेटका साथै २५ हजार रुपैयाँ बराबरको तीन विशेष एसेसरिज छुटको रुपमा पाउन सक्नेछन्।

त्यसैगरी सीएफमोटो तथा जिहोको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन्।

सीएफमोटोले सार्वजनिक गर्ने तयारी गरिरहेको ४५० एसआरएसमा ४४९.५ सीसी, ट्विन सिलिन्डर, इनलाइन, लिक्विड कुल्ड, फोर स्ट्रोक, डीओएचसी जडान गरिएको छ। यसमा ३८ किलोवाटको पावर र ४० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ । युरो फाइभ प्लस मापदण्डमा आधारित सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी छ भने स्लिपर क्लच, ६–स्पिड, ५ इनच टीएफटी डिस्प्ले र टीसीएस तथा एबीएस लगायतका विशेषता रहेका छन् ।

यसैगरी अर्को मोडल ३०० एनके यस सिरिजकै उत्कृष्ट बाइकको रुपमा रहने कम्पनीको भनाइ छ। यसमा २९२ सीसीको सिंगल सिलिन्डर इन्जिन, अधिकतम क्षमता २१.४ किलोवाट र २५.३ एनएम टर्क, ड्युअल च्यानल एबीएस, स्लिपर क्लच, १२.५ लिटरको इन्धन ट्यांकी, अगाडि इन्भर्टेड शक एब्जर्ब्सन तथा पछाडि मिड–माउन्टेड शक एब्जर्ब्सन दिइएको छ ।

यी दुवै बाइकको मूल्य र अन्य जानकारी नाइमा मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक हुने बताइएको छ।

सम्बन्धित समाचारहरू

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौँ – लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको...

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स...

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

काठमाडौं–लक्ष्मी हुन्डाईद्वारा आयोजित इलेक्ट्रिक सवारी प्रविधि, सुरक्षा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...