नयाँ गाडी हेर्न मन छ ? आज देखि सुरु हुँदै सवारी साधनको कुम्भ मेला

काठमाडौं – नाइमा नेपाल मोबिलिटी एक्सपो आज देखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आज देखि सवारी साधनको कुम्भ मेला समेत मानिने मोबिलिटी एक्सपो सुरु हुन लागेको हो ।

‘नाइमा मोबिलिटी एक्सपो २०२५’ २५ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ५० भन्दा बढी ब्रान्डहरु सहभागी हुनेछन् । प्रदर्शनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ ।

पाँच दिनसम्म सञ्चालन हुने एक्सपोमा ५० भन्दा बढी ब्रान्डहरूको सहभागिता रहनेछ । यसअन्तर्गत विभिन्न ब्रान्डका विद्युतीय सवारी (ईभी) हरू मुख्य आकर्षण बन्ने बताइएको छ । विभिन्न ईभी ब्रान्डले नाइमा एक्सपोका लागि नयाँ मोडल भित्र्याइसकेका छन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्बजनिक हुने नाइमाले जानकारी गराएको छ ।

मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लिपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविशी, निसान, ओमोडा÷जेको, प्युजो, प्रोटोन, रेनो, फक्सवागन र जिकरको स्टल हुनेछ ।

यसैगरी, टु–ह्विलरतर्फ बजाज, होन्डा, रोयल इनफिल्ड, एम्पियर, एथर, बेनेली, सीएफ मोटो, गोगोरो, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, सेगवे–नाइनबोट, सुजुकी, ट्रयम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याडिया र जिहो सहभागी हुँदैछन् भने कमर्सियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, क्यारी, किङलङ र सनलङ ब्रान्ड सहभागी हुने छन् ।

यी वाहेक मेलामा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम र अन्य विभिन्न जानकारीमूलक कार्यक्रम हुनेछ ।

अटोमोबाइल व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल्स एसोसिएसनले सधै नाडा अटो शो गर्दै आएकोमा यस पटक व्यवसायीहरुले नयाँ संगठन नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) गठन गरेसँगै एक्सपो पनि पहिलो पटक आयोजना गर्न लागेका हुन् ।

सम्बन्धित समाचारहरू

अर्थमन्त्री वाग्लेसंग नाइमा प्रतिनिधि मण्डलको भेट, कर संरचनालाई सहज र सन्तुलित बनाउन माग

अर्थमन्त्री वाग्लेसंग नाइमा प्रतिनिधि मण्डलको भेट, कर संरचनालाई सहज र सन्तुलित बनाउन माग

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि कुनै नीति समावेश गरिएन : नाइमा

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि कुनै नीति समावेश गरिएन : नाइमा

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

नाइमा एक्सपो : अल्टाभायोलेट स्टलमा एफ७७ म्याच २ को क्रेज, दुई नयाँ मोडल आउने

नाइमा एक्सपो : अल्टाभायोलेट स्टलमा एफ७७ म्याच २ को क्रेज, दुई नयाँ मोडल आउने

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...