नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ भव्य रुपमा सम्पन्न, १ लाख बढीले गरे अवलोकन

काठमाडौं - नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसाेसिएसन (नाइमा)को आयोजनामा काठमाडाैंकाे भृकुटीमण्डपमा ६ दिन चलेकाे पहिलो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’ भव्य रुपमा सम्पन्न भएकाे छ ।

आइतबारसम्मलाई तय भएको मोबिलिटी एक्सपाेमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजक नाइमाले एक दिन थपेर सोमबारसम्म प्रदर्शनी तय गरेको थियाे । मोबिलिटी क्षेत्रमा नेपालकै ठूलो एक्सपाे दाबी गरिएको साे एक्सपाेमा अटाेप्रेमीहरुकाे घुइँचाे नै लागेकाे थियाे । एक्सपाे एक लाख बढीले अवलाेकन गरेकाे नाइमा अध्यक्ष रितुसिंह वैद्यले बताइन् ।

एक्सपाे अवधिभर २ हजार ५ सयभन्दा बढी गाडी बुकिङ भएको उनले जानकारी दिइन्। 

वैद्यले भनिन्, ‘यसपटकको पहिलो एक्सपाे भव्य रुपमा सम्पन्न भयो। एक्सपाेमा १ लाख अवलोकनकर्ता आउनुभयो। सो क्रममा करिब २५ सय गाडी बुकिङ भएको छ।’

एक्सपाेमा सर्वसाधरणका साथै बरिष्ठ कलाकार, कुटनीतिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारी साथीहरु लगायत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका थिए ।

५० भन्दा बढी ब्रान्डका सवारीसाधनहरू, आकर्षक छुट, र सडक सुरक्षा जस्ता महत्त्वपूर्ण छलफलहरूले यो एक्सपाेलाई नवप्रवर्तन र जागरूकताको उत्कृष्ट मञ्च बनाएको थियाे । एक्सपाेमा दुईपांग्रे, चारपांग्रे, र व्यावसायिक सवारीसाधनका नयाँ मोडलहरू समावेश थिए, जहाँ दर्जनाैं नयाँ माेडलहरु लन्च भएका थिए ।

एक्सपाेमा १८ लाखदेखि ३ करोड रुपैयाँभन्दा माथिका गाडी तथा बाइकहरू प्रदर्शनीमा राखिएको थियो । विशेषगरी विद्युतीय सवारी ईभीले अवलोकनकर्ताको ध्यान तानेको थियाे । र बुकिङ पनि उत्साहपूर्ण भएकाे आयोजककाे दाबी छ ।

सम्बन्धित समाचारहरू

नेपाल मोबिलिटी एक्सपो २०२५ का संयोजक शिरिस कुमार मुरारकासँगको अन्तर्वार्ता

नेपाल मोबिलिटी एक्सपो २०२५ का संयोजक शिरिस कुमार मुरारकासँगको अन्तर्वार्ता

सवारी साधन उत्पादन र आयात गर्ने व्यवसायी मिलेर हालै गठन गरिएको नेपाल...

मापदण्ड पूरा गर्ने सवारीसाधनलाई ट्याक्सी सेवामा अनुमति प्रदान गर्न नाइमाको माग

मापदण्ड पूरा गर्ने सवारीसाधनलाई ट्याक्सी सेवामा अनुमति प्रदान गर्न नाइमाको माग

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

काठमाडौं–लक्ष्मी हुन्डाईद्वारा आयोजित इलेक्ट्रिक सवारी प्रविधि, सुरक्षा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...