नाइमाको समन्वयमा लक्ष्मी हुन्डाईले दियो ईभी सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम

काठमाडौं–लक्ष्मी हुन्डाईद्वारा आयोजित इलेक्ट्रिक सवारी प्रविधि, सुरक्षा तथा मर्मतसम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन(नाइमा) संगको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै लक्ष्मी हुन्डाईका प्रबन्ध निर्देशक निराकार श्रेष्ठले सवारी क्षेत्रको विकसित प्रविधिसँगै दक्ष प्राविधिक जनशक्ति विकासको आवश्यकता बढ्दै गएको उल्लेख गरे । नाइमाले सीटीईभीटी तथा ट्राफिक प्रहरीसँगको सहकार्यमा क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको उनले बताए ।

कार्यक्रमका विशेष अतिथि डीएसपी केशर न्यौपानेले सवारी क्षेत्र परिवर्तनको चरणमा रहेकाले प्राविधिक ज्ञान र सचेतना अभिवृद्धि अत्यावश्यक रहेको बताए ।

त्यसैगरी, प्रमुख अतिथि, बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका प्रिन्सिपल सुशील श्रेष्ठले इलेक्ट्रिक सवारीसम्बन्धी विषयवस्तु वर्तमान बजार सन्दर्भमा अत्यन्त आवश्यक बन्दै गएको उल्लेख गरे । नाइमा सँगको सहकार्यबाट यो तालिम सफलतापूर्वक सञ्चालन हुन सकेको उनको भनाई थियो ।

तालिममा सीटीईभीटी बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका १८ जना विद्यार्थी तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका ७ जना ट्राफिक प्रहरीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरू

२०२२ हुन्डाई क्रेटाको अफिसियल टिजर जारी, अब क्रेटामा यी थप ५ परिवर्तन हुने सम्भावना

२०२२ हुन्डाई क्रेटाको अफिसियल टिजर जारी, अब क्रेटामा यी थप ५ परिवर्तन हुने सम्भावना

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईको सबैभन्दा बढी बिक्री हुने...

सात एयरब्यागको फिचर सहित हुन्डाईको सबैभन्दा सस्तो माइक्रो एसयूभी क्यास्पर लन्च

सात एयरब्यागको फिचर सहित हुन्डाईको सबैभन्दा सस्तो माइक्रो एसयूभी क्यास्पर लन्च

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ माइक्रो एसयूभी...

न्यूयोर्क अटो शोमा हुन्डाईले देखायो नयाँ अफ रोड कन्सेप्ट ‘बोल्डर’

न्यूयोर्क अटो शोमा हुन्डाईले देखायो नयाँ अफ रोड कन्सेप्ट ‘बोल्डर’

हुन्डाईले न्यूयोर्क अटो शोमा आफ्नो नयाँ अफ -रोड कन्सेप्ट गाडी बोल्डर पेश...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...