नाइमा मोबिलिटी एक्सपोमा ३५ नयाँ सवारी साधन लन्च हुने, उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख

काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन (नाइमा) द्वारा आयोजना गर्न लागिएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ को पत्रकार सम्मेलन सोमबार सम्पन्न भएको छ ।

कर्यक्रमको सञ्चालन नाइमाका कार्यकारी दिर्नेशक राज कुमार दुलालले गरेका थिए भने अटो एक्सपो समितिका सदस्य गौरव सारडाले उद्धघाटन मन्तव्यमा एक्सपोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरे ।
कार्यक्रमका बारेमा बिस्तृत जानकारी दिँदै अटो एक्सपो समिति प्रमुख शिरिस कुमार मुरारकाले यसपटकको एक्सपो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदै गरेको र त्यहाँको भौतिक पूर्बाधारमा गरिएको सुधार उल्लेखनिय रहेको बताए ।

उनले यसपालि नयाँ प्रविधि र मोडलहरु सार्बजनिक हुने तथा विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरु प्रदर्शनीमा राखिने जानकारी दिए । प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडीहरु सार्बजनिक हुने जानकारी गराइयो ।

मुख्य प्रायोजन संस्थाहरु–एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेसनल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्सपोसँगको सहकार्यप्रति गर्व ब्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए ।

एभरेष्ट बैंक र नेसनल इन्स्याेरेन्स प्रमुख प्रायोजक रहेको प्रदर्शनीमा टिकेटिङ पार्टनरको रुपमा खल्ती बाई आईएमई, वेभरेज पार्टनरमा माउण्टेन ड्यू, वृविङ्ग पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिंक, हस्पिट्यालिटी पार्टनरमा सोल्टि होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हिस्पटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

प्रदर्शनीका आगन्तुकहरुलाई प्रायोजक कम्पनीले समेत विशेष प्रावधानको व्यवस्था गरेका छन् । राइड पार्टनरमा पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राइडहरुमा ३० प्रतिशत सम्मको छुट दिनेछ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रदर्शनी स्थलमा चौबिसै घन्टा एम्वुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सोव प्रदान गर्नेछ ।

प्रदर्शनीलाई लक्षित गरेर नाइमाले विशेष अनलाइन प्रतियोगिता पनि सार्बजनिक गरेको छ । सो प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्सपो सम्वन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अपलोड भएको १० उत्कृष्ट भिडियो प्रत्येकलाई १० हजार नगद पुस्कार प्रदान गरिने जनाइएको छ ।

कार्यक्रमको समापन नाइमाका अक्ष्यक्ष रितु सिंह वैद्यले गरिन् । उनले मिडिया तथा साझेदारहरुलाई धन्यबाद दिँदै ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास ब्यक्त गरिन् । यसका साथै, प्रदर्शनीको पाँचौ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि जानकारी दिइन् ।

प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजेदेखी ५ बजेसम्म ‘मोबिलिटी हिजो, आज र भोलि’ विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्ने छन् भने अरु दिनको सत्रहरुमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इन्ष्टिच्यूट अफ रोड ट्राफिक एजुकेशनजस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको दक्ष तथा विज्ञ व्यक्तित्वहरुको उपस्थिति रहने छ ।

‘नाइमा मोबिलिटी एक्सपो २०२५’ श्रावण २१ देखी २५ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ५० भन्दा बढी ब्रान्डहरु सहभागी हुनेछन् । प्रदर्शनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । नाइमा नेपाल मोबिलिटी एक्सपोमा बिक्री भएका टिकटहरुको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरु प्रदान गरिने घोषणा गरिएको छ ।

सम्बन्धित समाचारहरू

अर्थमन्त्री वाग्लेसंग नाइमा प्रतिनिधि मण्डलको भेट, कर संरचनालाई सहज र सन्तुलित बनाउन माग

अर्थमन्त्री वाग्लेसंग नाइमा प्रतिनिधि मण्डलको भेट, कर संरचनालाई सहज र सन्तुलित बनाउन माग

काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

नाइमा एक्सपो : अल्टाभायोलेट स्टलमा एफ७७ म्याच २ को क्रेज, दुई नयाँ मोडल आउने

नाइमा एक्सपो : अल्टाभायोलेट स्टलमा एफ७७ म्याच २ को क्रेज, दुई नयाँ मोडल आउने

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...

नाइमा मोबिलिटी एक्सपोमा नगद छुट र अफरको ओइरो, कुन गाडीमा कति ?

नाइमा मोबिलिटी एक्सपोमा नगद छुट र अफरको ओइरो, कुन गाडीमा कति ?

सवारीसाधनको कुम्भ मेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ राजधानीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...