नाइमाको पहिलो वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

काठमाडौँ- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आफ्नो पहिलो वार्षिक साधारण सभा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाको कार्यालय कमलपोखरी, काठमाण्डौंमा सफलतापूर्वक सम्पन्न गरेको छ।

उक्त सभाले संस्था स्थापना भएदेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाईहरुको विश्लेषण गर्दै आगामी वर्षका कार्यक्रमहरु, संस्थागत संरचना र रणनीतिक योजनाहरु औपचारिक रुपमा पारित गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमै नाइमा देशको मोबिलिटी क्षेत्रको एकिकृत र शसक्त आवाजका रुपमा स्थापित हुन सफल भएको बताइन्।

उनले बिगत नौ महिनामा हासिल उपलब्धिहरु प्रस्तुत गर्दै पहिलो नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को सफल आयोजना र मोबिलिटी क्षेत्रका सिकाई सत्रहरु निरन्तर संञ्चालन गरिनुले संस्थाको भूमिकालाई बृहत्तर र विश्वसनिय बनाएको उल्लेख गरिन्।

कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन, र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गर्नुका साथै संस्थाको दीर्घकालिन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना र पारदर्शी वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिवद्धता दोहोर्याए।

साधारण सभाले २०८२/८३ का लागि नियमित मोबिलिटी सम्बाद, क्षमता अभिवृद्धि तालिमहरु, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत वहस पैरवी, र नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को आयोजना लगायतका कार्यक्रमहरु पारित गर्‍यो।आगामी मोबिलिटी एक्सपो २०८३ श्रावण २६ गते देखि ३१ गते सम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी नाइमाले गरेको छ।

संस्थागत सुदृढिकरण अन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने निर्णय सभाले गरेको छ। साथै, मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यको रुपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रुपमा मनोनित गरेको छ।

समापनमा अध्यक्ष वैद्यले नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालिन उन्नतिका लागि नाइमाले सकिय भूमिका खेलिरहने प्रतिवद्धता व्यक्त गरिन्।

सम्बन्धित समाचारहरू

नेपाल मोबिलिटी एक्सपो २०२५ का संयोजक शिरिस कुमार मुरारकासँगको अन्तर्वार्ता

नेपाल मोबिलिटी एक्सपो २०२५ का संयोजक शिरिस कुमार मुरारकासँगको अन्तर्वार्ता

सवारी साधन उत्पादन र आयात गर्ने व्यवसायी मिलेर हालै गठन गरिएको नेपाल...

नाइमा एक्सपाेकाे अवधि किन थप ? कति भए अवलाेकनकर्ता ?

नाइमा एक्सपाेकाे अवधि किन थप ? कति भए अवलाेकनकर्ता ?

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसाेसिएसन...

शेखर गोल्छा पक्राउप्रति नाइमाको आपत्ति, विधिको शासन कायम राख्न आग्रह

शेखर गोल्छा पक्राउप्रति नाइमाको आपत्ति, विधिको शासन कायम राख्न आग्रह

काठमाडौं–उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...