कामदार संक्रमित हुँदा नागढुंगा सुरुङ निर्माण सुस्त

काठमाडौं । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगा सुरुङमार्गको निर्माण सुस्त भएको छ । यहाँ कार्यरत १२७ जनामा संक्रमण देखिएपछि केही दिनयता निर्माण नियमित भन्दा केही सुस्त भएको हो ।

संक्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन । कामदार निर्माणस्थलमै ‘आइसोलेशन’मा बसिरहेको र अरू कर्मचारी आ–आफ्नो घरमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले बताएको छ । शारीरिक रूपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए ।

निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकोमा अहिले त्यो संख्या ४०० हाराहारीमा छ । निर्माणस्थलमै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरूबाट अलग बस्ने गरेको आयोजनाले बताएको छ । आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकोमा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले बताए ।

सुरुङमार्ग अहिले दैनिक ६–७ मिटर मात्र खनिएको छ । सुरुङ खन्न शुरू भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गतवर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए । ‘निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महिनामा ३०० मिटर खन्ने गरिएकोमा अहिले संक्रमण बढेकाले केही समस्या भएको छ,’ उनले भने । आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झन्डै डेढ महिना ढिला छ । निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिए ।

अबको पाँच महिनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ । साउनसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछि एक वर्ष अन्तिम काम (फिनिसिङ) हुन सक्छ । अबका दिनमा अरू कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने उनले बताए । कोरोना र अरू अवरोधले बाधा पु¥याएमा भने अवधि सकिँदा काम बाँकी रहन सक्छ ।
 
‘अहिले एक हप्ता जसरी नै ढिला भएमा अझै पछाडि जान सक्छ,’ उनले भने । निर्माणस्थलमा जग्गाको विवाद रहेकोमा अहिले त्यो समाधान भइरहेको छ । धादिङतर्फ पुरानो विवाद बाहेक नभएको र काठमाडौंतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको प्रमख शाक्यले बताए ।

मुआब्जाको चित्त बुझेन भनेर पनि कहिलेकाहीँ स्थानीयवासीले गुनासो गरे पनि आयोजनाले त्यसको समाधान गरिरहेको छ । यसपछिका दिनमा बलम्बुमा जग्गा प्राप्ति भएपछि बिजुलीको लाइन सार्नुपर्नेछ । जग्गा नलिई बिजुली सार्न नमिलेको र जग्गा प्राप्त गरेर निर्माणस्थल खाली गरिएपछि आयोजनाले अझै गति लिने उनले बताए ।

आयोजनास्थलमा अहिले नेपाली र विदेशी गरी झन्डै ५६० जना कार्यरत छन् । जापानी निर्माण कम्पनीका तर्फबाट २० र तीनजना परामर्शदाता कम्पनीका तर्फबाट छन् । निर्माण कम्पनीबाट तीन जना फिलिपिनो छन् भने त्यसभन्दा बाहेक नेपाली छन् ।

२०७६ असोजमा ४२ महिनामा निर्माण सम्पन्न गर्नेगरी हाज्मा आङ्दो कर्पोरेशनसँग ठेक्का सम्झौता गरिएको थियो । सोही वर्ष कात्तिकमा आयोजनाको शिल्यान्यास भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’मा सुरुङ निर्माण गर्नेगरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । यससँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

आयोजना अन्तर्गत साढे ९ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । आयोजनाअन्तर्गत दुई ‘फ्लाईओभर’, एक सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक रहेका छन् । सुरुङमार्गकै मुख र सतुंगलमा ‘फ्लाईओभर’ बनाउन लागिएको छ । रासस

सम्बन्धित समाचारहरू

उपत्यकामा ट्राफिक प्रहरीको विशेष अभियान, मापसे गरी सवारीसाधन चलाउने १२ जना कारबाहीमा

उपत्यकामा ट्राफिक प्रहरीको विशेष अभियान, मापसे गरी सवारीसाधन चलाउने १२ जना कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने...

के अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने हो त ? राष्ट्रिय परिचय पत्र भए पुग्छ ?

के अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने हो त ? राष्ट्रिय परिचय पत्र भए पुग्छ ?

काठमाडौं – आफूसँग राष्ट्रिय परिचय पत्र हुनेहरुले साथमा ड्राइभिङ लाइसेन्स...

नेपालमै सवारी उत्पादन गर्ने गरी गत आर्थिक वर्षमा ६ उद्योग दर्ता

नेपालमै सवारी उत्पादन गर्ने गरी गत आर्थिक वर्षमा ६ उद्योग दर्ता

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...