नागढुङ्गा–नौबिसे सडक एक सातासम्म दैनिक ५ घण्टा बन्द रहने

काठमाडौँ–त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक रूपमा बन्द गरिने भएको छ । यो खण्ड स्तरोन्नतिको कामका लागि एक सातासम्म दैनिक ५ घण्टा बन्द गरिने भएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड), जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय धादिङले एक संयुक्त सूचना जारी गर्दै सडक कालोपत्रे तथा फराकिलो बनाउने कार्यका लागि सवारी आवागमनमा रोक लगाइएको जानकारी दिएका हुन् ।

जारी सूचना अनुसार मिति २०८२ मंसिर २४ गतेदेखि २०८२ पुस १ गतेसम्म (एक हप्ता) सडक बन्द रहनेछ । यस अवधिमा हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरेभिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् ।

नागढुङ्गा–पिपलामोड खण्डमा कालोपत्रे गर्ने कार्य उच्च प्राथमिकतामा रहेको र उक्त सडक खण्ड साँघुरो भएकाले एकै पटक धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुनाले सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । साथै, गल्छी–गजुरी खण्डको पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक चौडा गर्नुपर्ने भएकाले पनि आवागमन रोक्नुपरेको हो ।

सडक बन्द भएको समयमा सवारी साधनहरूलाई नागढुङ्गा–पिपलामोड खण्डका लागि काठमाडौँबाट नौबिसेतर्फ जानेलाई नाग ढुङ्गा चेकपोस्टमा रोकिनेछ ।

यस्तै मुग्लिङबाट काठमाडौँतर्फ जाने सवारीलाई खानीखोला (नौबिसे) र जुंगेखोला (थाक्रे) मा रोकिनेछ । यस्तै गल्छी–गजुरी खण्डका लागि नौबिसेबाट मुग्लिङतर्फ जाने सवारीलाई गल्छी, बैरेनी र मस्टारमा र मुग्लिङबाट नौबिसेतर्फ जाने सवारीलाई मलेखुमा रोकिने छ ।

साथै सवारी आवागमन रोक लगाएको अवधिमा वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।

साना तथा मझौला सवारी साधनहरूले अत्यावश्यक अवस्थामा सितापाइला – भिमढुङ्गा – रामकोट – धार्के सडक, सामाखुसी – टोखा – छहरे – त्रिशुली (बिदुर) – गल्छी सडक र जरेखेतस्थित त्रिशुली पुलबाट त्रिशुली पारीको बाटो हुँदै घाटबेशीको त्रिशुली पुल वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् ।

सडक बन्द रहेता पनि एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल र शव वाहनजस्ता अत्यावश्यक सवारी साधनहरूको आवागमनमा भने ट्राफिक प्रहरीले सहजीकरण गर्ने जनाइएको छ ।

यस्तै आयोजनाले तोकिएको समय पछि मात्र यात्रा गर्न र रोकिएको समयमा लेन अनुशासन पालना गर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

गलकोट- बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम स्तरोन्नति...

नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गको पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गको पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके–नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३...

पृथ्वी राजमार्गको छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने

पृथ्वी राजमार्गको छिर्कने–देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने

दमौली – पृथ्वी राजमार्गअन्तर्गतको निर्माणाधीन मुग्लिन–पोखरा सडकमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...