नागढुंगा–मुग्लिन सडक विस्तार वैशाखमा सुरू हुने

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ। सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ। 

सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ। तीन प्याकेजमध्ये अहिले नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा–नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए।

यससँगै अहिले परामर्शदाताको पनि छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ। नागढुंगा–नौबिसे सडकको लम्बाई १२ किमी र नौबिसे–मलेखु साढे ४३ किमी हो। उनले भने, ‘दुबै सडकको निर्माण सँगसँगै अघि बढाइनेछ।’

नागढुंगाबाट–नौबिसे र नौबिसे–मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ। यसका लागि नेपाली र अन्तर्राष्ट्रिय दुबै निर्माण कम्पनीले आबेदन हालेका छन्। नागढुंगाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए। तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीले बताए। ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैंकलाई पठाएको थियो। उनले भने, ‘अहिले विश्व बैंकले त्यसमा अध्ययन गरिरहेको छ, सकिएपछि ठेक्कामा जान सकिन्छ।’ 

हाल प्रक्रियामा रहेका दुई ठेक्का वैशाख १५ सम्ममा प्रक्रियामा जानसक्ने प्रमुख कार्कीले बताए। ठेक्का सम्झौता पहिले कसैको गुनासोका लागि आशयपत्र निकालिएको छ। त्यो नभएपछि सम्झौता गर्न सकिने उनले भने। अबको केही समयमा नै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने उनले बताए।

सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भएपनि बजार ठाउँमा चार लेन हुनेछ। विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताए।

सडक विभागले यस अघि नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ। यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुंगा–मुग्लिन सडक कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ। यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए। बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि पहाडी क्षेत्रमा दुई लेनमा नै निर्माण गरिनेछ। मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ।

सडकमा निर्माणको काम गर्दा सवारी व्यवस्थापन चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ। बैकल्पिक सडक नहुँदा सवारीसधन अर्काेतर्फ मोड्न (डाइभर्ट) गर्न सकिने छैन । सवारीसाधन एकातर्फीरुपमा सञ्चालन गरेर अर्का तर्फबाट निर्माणको काम गरिने प्रमुख कार्कीले बताए। सडक निर्माणका क्रममा सकेसम्म नागरिकलाई कम दुःख परोस भनेर ध्यान दिइने उनले बताए। उनले भने, ‘बुटवाल–नारायणघाट सडक बनाउँदा नागरिकले दुःख पाएकाले यहाँ सकेसम्म व्यवस्थापन गर्न लागिनेछ।’ सडक विस्तारका लागि वर्षामा पहाड खन्ने काम नगर्ने प्रमुख कार्कीले बताए।

आयोजना सडक निर्माणका लागि जग्गा प्राप्तीको काममा विगत छ महिनादेखि लागेको छ। निर्माणस्थलमा केही घरटहरा रहेकामा तीनलाई क्षतिपूर्ति दिएर हटाउन लागिएको छ। बन कटानका लागि प्रक्रिया अघि बढाइएको छ र मन्त्रीपरिषद्बाट निर्णय आएपछि ठेक्का लागेपछि हटाइनेछ। उनले भने, ‘कटानको स्वीकृति भएपछि ठेक्काबाट निर्माणस्थलमा रहेका रूख हटाइनेछ।’ 

नागढुंगा चेकप्वाइन्टबाट सुरू भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौं, धादिङ र चितवान गरी तीन जिल्लालाई समेट्छ। यो सडकमा विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ। सबैभन्दा बढी सवारीसाधन भित्रने र बाहिरिने नाका भएकाले सडक सुरक्षाका लागि आवश्यक कुराको निर्माणमा ध्यान दिइनेछ छ र मोड सुधार गर्ने, पुल थपिनेलगायतका काम गरिनेछ । 

यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ। ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ। यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ।

रासस

सम्बन्धित समाचारहरू

आज राजावादी र गणतन्त्रवादीले कहाँ-कहाँबाट निकाल्दैछन् जुलुस ? जाम छल्न कुन रुट प्रयोग गर्ने ?

आज राजावादी र गणतन्त्रवादीले कहाँ-कहाँबाट निकाल्दैछन् जुलुस ? जाम छल्न कुन रुट प्रयोग गर्ने ?

काठमाडौं – आज गणतन्त्र पक्षधर समाजवादी मोर्चा र व्यवस्था उल्टाउन...

काठमाडौं उपत्यकामा सडक दुर्घटनाका घटनामा आयो कमी, यस्तो छ तथ्य र कारण

काठमाडौं उपत्यकामा सडक दुर्घटनाका घटनामा आयो कमी, यस्तो छ तथ्य र कारण

काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा दुर्घटना र...

आज देखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

आज देखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डमा आज देखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...