बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं - सरकारले सुशासन वृद्धि गर्ने भन्दै सरकारी सेवा सरल र सहजरूपमा दिन अघि बढाउन ‘नागरिक एप्स’को सञ्चालन गरेको छ । उक्त ‘नागरिक एप्स’को प्रयोग शुक्रबारबाट परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सो एप्स सार्वजनिक कार्यक्रममा भिडियो सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र, लोकसेवालगायत सेवालाई पनि जोडिने जनाए । उक्त एप्स बढीभन्दा बढी प्रयोेग गरी लाभ लिन सबैमा आग्रह गर्दै प्रधानमन्त्रीले युवापुस्ताले यसको प्रयोगको अगुवाइ गर्ने दाबी गरेका छन् । नेपालमा सवारी कर बुझाउन लामो लाइन लाग्ने गरेको छ ।
कसरी प्रयोग गर्ने : यो एप्स प्रयोग गर्न निक्कै सजिलो छ । स्मार्ट मोबाइलामा नागरिक एप्स डाउनलोड गरेपछि त्यसभित्र गएर प्रयोग गर्न सकिने राससले जनाएको छ । आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट यो एप्स र यसमा रहेको सुविधा लिन सकिन्छ । मोबाइल नम्बर राखेपछि कसको नाममा दर्ता छ भनेर एप्सले स्वचालितरूपमा पत्ता लगाउँछ । नागरिकता नम्बरबाट नै एप्सले सम्बन्धित निकायको प्रणालीमा पहुँच बनाउन सक्छ । उदाहरणका लागि कुनै कार्यालयले दिने सेवामा तपाईंको प्यान विवरण चाहिने भयो, प्यान नम्बर राखेकै भरमा एप्सले राजस्व विभागको प्रणालीबाट सोझै विवरण प्राप्त गर्न सक्छ, जसका कारण तपाईंले नागरिकता र प्यानको फोटोकपी बुझाइरहनुपर्दैन ।
केन्द्रदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमशः यो एप्सबाट प्राप्त गर्न सकिन्छ । स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० बढी सेवा यही एप्सबाट प्राप्त गर्न सकिनेछ । कुनै पनि विवरण भर्नु र अपलोड गर्नु नपर्ने भएकाले पनि नागरिकलाई सजिलो हुनेछ । नागरिक एप्स चलाउन यति सजिलो छ कि एक क्लिक गरेकै भरमा सम्बन्धित सरकारी सेवाका लागि आफैँ आवेदन भरिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...