लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
काठमाडौं – हालै नवीकरण गरिएको ड्राइभिङ लाइसेन्स नागरिक एपमा अपडेट नभएको गुनासो धेरैले गर्ने गरेको पाइन्छ । अपडेट गरिसके पश्चात पनि पुरानै मिति नै देखाइरहेको कारण सेवाग्राहीले समस्या भोग्नु परेको छ ।
यसै कुरालाई मनन गरी ‘नागरिक एप’ ले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) अद्यावधिक सम्बन्धी समस्या समाधानका लागि नयाँ जानकारी सार्वजनिक गरेको छ ।
यदि तपाईंको लाइसेन्सको नयाँ विवरण देखिएको छैन भने निम्न प्रक्रिया अपनाउन सकिन्छ :
रिफ्रेस गर्ने: सर्वप्रथम नागरिक एपको सवारी चालक अनुमति पत्र सेक्सनमा जानुहोस्। त्यहाँ रहेको पेजलाई तलतिर तानेर रिफ्रेस गर्नुहोस् । यसो गर्दा सर्भरमा रहेको नयाँ विवरण एपमा अपडेट हुन सक्छ।
अनलिंक र पुनः लिंक गर्ने: यदि रिफ्रेस गर्दा पनि पुरानै विवरण देखिइरहेमा, पहिले लिङ्क गरिएको लाइसेन्सलाई ‘अनलिंक’ गर्नुहोस् । त्यसपछि फेरि नयाँ प्रक्रियाबाट लाइसेन्स लिंक गर्नुहोस्। यसो गर्दा प्रणालीले पछिल्लो पटक अद्यावधिक भएको नयाँ डाटा खिच्नेछ।
यी प्रक्रियाहरू पुरा गरेपछि तपाईंको नयाँ तथा अद्यावधिक गरिएको सवारी चालक अनुमति पत्रको विवरण नागरिक एपमा देखिनेछ ।
नागरिक एपमा नवीकरण भएको लाइसेन्स एक्सपायर देखिँदा सडकमा ट्राफिक प्रहरीको चेकिङका क्रममा कारबाहीमा परिने हो कि भन्ने संशय पनि सेवाग्राहीमा देखिएको थियो । सामान्यतया ट्राफिक प्रहरीले सडकमा जाँचका क्रममा नागरिक एपमा रहेको डिजिटल लाइसेन्सलाई नै मान्यता दिने गर्दछन् ।
तर यो प्राविधिक समस्याले ट्राफिक जाँचमा खासै असर गर्ने छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...