स्केल फरक भए पनि नाडा अटो शो र नाडा ईभी एक्सपोमा इनर्जी उही छ
भोलि अर्थात असोज ६ देखि काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्सपो २०२२...
काठमाडौं– नाडाले आगामी भदौ ३ देखी ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना गर्ने १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ लाई उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने भएका छन् ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रमुख अतिथीका रुपमा उपस्थित भई अटो शो उद्घाटन गर्न गरेको आग्रहलाई मन्त्रि पौडेलले स्विकार गरेका हुन् ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र नीजि क्षेत्रमैत्री बजेट आएको भन्दै मन्त्री पौडेललाई धन्यबाद ज्ञापन गरेका थिए ।
सोहि छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन निर्माण गर्ने उद्योग खोल्ने तयारी भईरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनुपर्ने बताए । उनले यस्ता उद्योगलाई थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह समेत गरे ।
छलफलको अन्त्यमा, मन्त्री पौडेलले नेपालका अटोमोवाइल व्यवसायीहरुले धेरै भन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने वताए ।
उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
भोलि अर्थात असोज ६ देखि काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्सपो २०२२...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष डा. धु्रव थापाको...
काठमाडौं — नाडा अटो शो २०२५ लाई ४ दिनमै १ लाख बढी दर्शकले अवलोकन गरेका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...