नाडा र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन भन्ने नाराका साथ आयोजना गरेको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोस्रो दिनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

उक्त समझदारी पत्रमा नाडाले आफ्ना आबद्ध संघ-संस्था र प्रतिष्ठानहरूलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। त्यस्तै, सामाजिक सुरक्षा कोषले नाडासँगको सहकार्यमा कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरू र सुविधाहरूबारे सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख गरिएको छ।

समझदारी पत्रमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरी र कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन्। नाडाले यो ऐतिहासिक समझदारीले आगामी दिनमा नाडा र सामाजिक सुरक्षा कोषबीचको सम्बन्ध थप सुदृढ र बलियो बन्दै जाने विश्वास व्यक्त गरेको छ। समझदारीअनुसार नाडाले अब हरेक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटिएससम्बन्धी प्रशिक्षण कार्यक्रमहरूमा सामाजिक सुरक्षा कोषबाट प्रशिक्षक उपलब्ध गराउने व्यवस्था पनि मिलाइने छ।

हस्ताक्षर कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती र सचिव विक्रम सिंघानियाको समेत उपस्थिति रहेको थियो। यो सहकार्यले नेपालको अटोमोबाइल क्षेत्र र श्रमिकहरूको सामाजिक सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

मौद्रिक नीति वारेमा नाडाको सकारात्मक प्रतिक्रिया

मौद्रिक नीति वारेमा नाडाको सकारात्मक प्रतिक्रिया

काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/७९ को...

यस्तो छ अटो शोमा लन्च हुने सीएफ मोटोको नयाँ एड्भेन्चर मोटरसाइकल

यस्तो छ अटो शोमा लन्च हुने सीएफ मोटोको नयाँ एड्भेन्चर मोटरसाइकल

काठमाडौं– सीएफमोटोको विश्व प्रसिद्ध एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी...

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर, अटो क्षेत्रमा सहकार्य गरिने

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर, अटो क्षेत्रमा सहकार्य गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा दुई देशका व्यापारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...