बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । नाडाले भन्सार दिवसको उपलक्ष्यमा भन्सार, कर तथा भीसीटीएस सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।
६९ औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम काठमाडौमा सम्पन्न भएको हो ।
अटोमोबाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले सो प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको नाडाले जनाएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटोमोबाइल व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।
त्यसैगरी सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफना सदस्य कम्पनीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा यस्तो कार्यक्रमहरुले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने मात्र नभई व्यवसायीहरुलाई आफनो व्यवसाय विस्तार गर्न थप सहज समेत हुने भएकोले विगत केही बर्ष अघि देखि नाडाले यस्तो कार्यक्रमहरु राजधानीमा र प्रदेशस्तरमा समेत सम्पन्न गर्दे आइरहेको जानकारी दिए ।
उक्त प्रशिक्षण कार्यक्रममा भन्सार विभागका तर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजस्व विभागबाट निर्देशक सुर्यप्रसाद पोखरेल तथा राजस्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिएका थिए । त्यसैगरी नाडाका तर्फबाट सि.ए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा नाडाका कुल ४६ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंघानिया, केन्द्रिय कार्यसमिति सदस्यहरु अभिक ज्योति, धुव्र बहादुर थापा, सुरज भट्टराई र कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...