जिम्नी र थार मध्ये कुन उत्कृष्ट ? हेर्नुस् पुरा विवरण
लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...
काठमाडौं – नियमानुसार भोलि जेठ १५ गते सरकारले नयाँ बजेट ल्याउनु पर्नेछ । कामचलाउ सरकारले बजेट ल्याउन नपाउने भन्ने तर्कहरु पनि भइरहेका छन् । यद्यपि बजेटको सम्पूर्ण तयारी पुरा भएको सरकारको भनाइ छ ।
बजेट कस्तो आउछ भन्ने वारेमा नेपाली अटोमोबाइल व्यवसायीहरुका बीचमा पनि चासो छ । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसका लागि सरकारलाई विभिन्न सुझावहरु बुँदागत रुपमा दिएको जनाएको छ ।
कार, जिप, भ्यान र तिनका च्यासिसमा हाल ६० देखि १०० प्रतिशत सम्म अन्तःशुल्क लाग्दै आएकोमा यी सबैमा ६० प्रतिशत मात्र अन्तःशुल्क कायम गर्न नाडाले माग गरेको छ ।
हाल भन्सार दर अति उच्च भएकाले नै १०० रुपैयाँमा आयात हुने सवारी साधनलाई ३३० रुपैयाँ सम्म राजस्व तिर्नु पर्ने अवस्था भएकोले करको दरमा पुनर्विचार गरिनु पर्ने नाडाको माग छ ।
नेपालस्थित आधिकारिक विक्रेताले मात्र सवारी साधन बिक्री गर्न पाउनु पर्ने, बैंक तथा वित्तीय निकायहरुले व्यक्तिगत ऋण कूल आम्दानी मध्ये ५० प्रतिशत मात्र दिन सक्ने हालको व्यवस्थालाई ७० देखि ८० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था हुनु पर्ने, नेपालमा एसम्बलिङ हुने चारपांगे्र तथा दुई पांग्रे सवारी साधनहरुको हकमा अन्तःशुल्क महशुलमा ५० प्रतिशत र भन्सार महशुल दरमा पनि ५० प्रतिशत छुटको व्यवस्था हुनु पर्ने आदि माग गरेको बताएको छ ।
आर्थिक ऐनमा सवारी साधन विग्रेको भन्ने प्रमाणित नेपाल सरकारले ठह¥याउनु पर्ने व्यवस्था गरिएको छ । सो को सरलीकरणको लागि यातायात व्यवस्था विभागमा दर्ता भएको वर्कशपले प्रमाणित गरि दिने आधारमा यातायात व्यवस्था कार्यालयहरुले निरीक्षण गरी विग्रेको यकिन गरी सवारी साधन कर छुट दिनु उपयुक्त हुने तथा प्रत्येक प्रदेशले एउटै किसिमका साधनहरुमा भिन्न भिन्न दरमा सवारी साधन कर लगाउने गरेको सन्दर्भमा सवै प्रदेशले एउटै दर लगाउने व्यवस्था हुनु पर्ने अर्थात सवारी साधन करमा एकरुपता हुनु पर्ने नाडाले माग गरेको छ ।
लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...
काठमाडौं– महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि...
भारतीय अटो निर्माता महिन्द्रा एण्ड महिन्द्राले नयाँ स्कर्पियो एनको वुकिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...