एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ हुने : स्टलका लागि गोला प्रथा सम्पन्न
काठमाडौं – नाडा अटोमोबाइल्स् एसाेसिएसन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भाद्र २४ गते गर्ने भनिएको विशेष साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्देशन दिएको छ । भाद्र १६ गते नाडालाई लेखिएको पत्रमा जिल्ला प्रशासनले सो निर्देशन दिएको हो ।
यो भन्दा पहिले गत भाद्र ८ गते बसेको बैठकको निर्णय बमोजिम नाडाले भाद्र २४ गते विशेष साधारण सभा बोलाएको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइरालाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ – विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो? जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ? विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरू सहित ७ (सात) दिनभित्र यस कार्यालयमा उपस्थित हुनुहुन र हाल गर्न लागिएको भनिएको विशेष साधारण सभा स्थगित गर्नुहुन निर्णयानुसार अनुरोध छ ।
गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधारण सभा रोकी पाउँ भनी भाद्र १६ गते निवेदन दर्ता भएको समेत जिल्ला प्रशासनले लेखेको पत्रमा उल्लेख गरिएको छ ।
नाडा कार्यसमिति र अन्य विषयमा हाल विवाद बढ्दै गएको छ । पछिल्लो समयमा विधानतः नमिल्ने भनेर बरिष्ठ उपाध्यक्ष मनोनित गरिएका आकाश गोल्छालाई साधारण सदस्यमा राखिनुका साथै अन्य कारणले यो विवाद बढ्दै गएको पाइन्छ । पछिल्लो समयमा कतिपय व्यवसायीहरुले नयाँ संगठन ‘नाइमा’ समेत गठन गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...