एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ हुने : स्टलका लागि गोला प्रथा सम्पन्न
काठमाडौं – नाडा अटोमोबाइल्स् एसाेसिएसन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र...
काठमाडौं – आगामी भाद्र २४ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको विशेष साधारण सभा हुने भएको छ । ललितपुरको झम्सिखेलस्थित द प्लाजामा हुने सो विशेष साधारण सभामा नाडालाई विधानतः महासंघमा लैजाने निर्णय हुनेछ ।
नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले एक विज्ञप्ति जारी गर्दै गत २०८२ भाद्र ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि नाडालाई विधानतः महासंघमा लैजाने निर्णय गरेको र त्यसैको निर्णयार्थ विशेष साधारण सभा बोलाउने निर्णय गरेको जानकारी गराएका छन् ।
स्वयम सदस्यहरूको लामो समयदेखिको इच्छा, चाहना र आकांक्षालाई मूर्तरूप दिन यस्तो निर्णय गरिएको र यसले नाडालाई वास्तविक रुपमै राष्ट्रिय स्तरको संस्था बनाउने तथा आफ्ना सदस्यहरूको हकहितको समेत समुचित रुपमा संरक्षण हुने भएकोले सबैलाई उपस्थितिका लागि अनुरोध समेत गरिएको नाडाको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...