एसेम्बलिङ्ग उद्योगहरुलाई दिदै आएको महशुल छुटलाई निरन्तरता दिन नाडाको ध्यानाकर्षण
काठमाडौं – सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग...
नेपालमा स्पेयर पार्ट्सको बजार निकै ठूलो छ । सवारी साधनको मर्मत सम्भारमा नभई नहुने यस्ता कम्पोनेन्ट्सको ठूलो हिस्सा भारतसहित विश्वका विभिन्न देशबाट आयात हुने गरेकोमा पछिल्लो समय केही उद्योगले नेपालमै टायर, ब्याट्री, हेलमेट र लुब्रिकेन्ट्स जस्ता प्रोडक्ट उत्पादन गर्न थालिसकेका छन् । नेपालमा उत्पादन हुने यस्ता कम्पोनेन्ट्सलाई नाडा अटो शो २०२५ मा छुट्टै ‘मेड इन नेपाल’ पेभिलियनको व्यवस्था समेत गरिँदै आएको छ ।
भदै ३ गतेदेखि आयोजना हुन लागेको नाडा अटो शो २०२५ को अवसरमा हामीले नेपालको कम्पोनेन्ट्स बजार र नाडा अटो शोका बारेमा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीसँग केही जिज्ञासा राखेका छौं । प्रस्तुत छ उप्रेतीसँग गरिएको कुराकानीको सारसंक्षेप :
नाडा अटो शोको १७ औँ संस्करण सफल पार्न यहाँहरुको तयारी कस्तो छ ?
अटोमोबाइल व्यावसायीको कुम्भ मेला समेत मानिने नाडा अटो शोमा यसपटक १२५ भन्दा बढी स्टल रहेका छन् । सातवटै प्रदेशमा संगठन विस्तार भएको र ३ हजारभन्दा बढी सदस्य आबद्ध संस्थाले गर्न लागेको मेला भएकाले पनि यसको चर्चा देशैभर हुने गर्छ । सावारीसाधन आयात गर्ने कम्पनीदेखि विभिन्न सेग्मेन्टका कम्पोनेन्ट्सलाई एउटै छानामुनि समेट्ने प्रयास गरेका छौ ।
नाडा अटो शोमा हामीले यसपटक १० वर्षसम्मको अटोमोबाइल क्षेत्रलाई हेरेर उड्ने कारदेखि ई–मोबिलिटी सम्मलाई समेटेका छौ । भिन्टेज कारदेखि स्वदेशी उत्पादनलाई एकै स्थानमा सोकेस गदैैछौ । गाडी बिक्री गर्नेमात्र नभई नवप्रवर्तनलाई समेत देखाउने थलोको रुपमा विकास गर्न लागेका छौ । नाडा स्थापना भएको ५०औँ वर्ष पुरा भएको अवसरलाई समेत मध्यनजर गरी हामीले केही फरक र पृथक ढाँचामा कार्यक्रम गर्न गइरहेका छौँ ।
नाडामा तपाईं मुलतः स्पेयर पार्ट्स व्यवसयबाट प्रतिनिधित्व गर्नुहुने भएकाले अटोमोबाइल कम्पोनेन्ट्सको पछिल्लो अस्थाबारे जानकारी गराइदिनुस न ।
सवारीसाधनको बिक्रीपछि त्यसको मर्मत सम्भार र सर्भिसिङ गर्ने क्रममा कम्पोनेन्ट्स जोडिएर आउने गर्छ । सवारीसाधनको बिक्री बढेसँगै कम्पोनेन्ट्सको बिक्रीले पनि गति लिने हो । नेपालमा पनि कम्पोनेन्ट्सको उद्योगहरु खुल्ने क्रमहरु बढिरहेको छ । यसले भोलिका दिनमा स्वदेशमै उत्पादन हुने सवारीसाधनलाई थप सहज बनाउनेछ । स्वदेशमै उद्योग खुलेपछि रोजगारीका अवसरहरु पनि सिर्जना हुन्छन् । यी विषयलाई मध्यनजर गरी सरकारले यस्ता उद्योगलाई विशेष सहुलियत दिनुपर्ने आवश्यकता छ ।
अटोमोबाइल क्षेत्रमा अहिले १२ लाखभन्दा बढीले रोजगारी पाएका छन् । राज्यको जीडीपीमा ७ प्रतिशतभन्दा बढीको योगदान भएकाले यो क्षेत्र सबैको हो । यातायातमा हामीले धेरै कुरा गरिरहेका छौ । पछिल्लो समय टु–ह्विलरमा पनि हरियो नम्वर प्लेट दिनुपर्छ भनेर माग राखेका छौ । यसले पर्यटनको विकासमा समेत टेवा पुर्याउने देखेका छौं ।
सरकाले पछिल्लो समय गाडीमा युरो ६ मापदण्ड लागु गरेको छ । यसले व्यवसायीसँग मौज्दातमा रहेका पुराना स्पेयर पार्ट्सलाई कस्तो असर गर्छ ?
प्रदूषण मापदण्ड भन्ने कुरा समयअनुसार अपग्रेड हुँदै जाने विषय हो । बीएस ६ लागु हुने वित्तिकै पुराना गाडी गुड्नै नपाउने भन्ने होइन । नयाँ मापदण्डका गाडी चल्न थालेपछि पुराना प्रविधिका गाडीमा लाग्ने स्पेयर पार्ट्सको व्यापर बन्द नै हुन्छ भन्ने पनि होइन । राज्यले लागु गर्ने नीतिलाई हामीले स्वागत गर्नैपर्छ ।
कुनैपनि नयाँ मापदण्ड लागु गर्नुअघि पहिला राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ । यस विषयमा भने सरोकारवाला निकाय अलि बढी नै सचेत बन्नुपर्छ । बीएस ६ लागु हुने कुरा आफैमा राम्रो भएपनि हाम्रा पूर्वाधारहरु के छन् भनेर पनि हेर्नुपर्ने हुन्छ । भोलिका दिनमा यी गाडी बिग्रेको खण्डमा हाम्रा मेकानिक्स दाजुभाईले त्यसलाई मर्मतसम्भार गर्न सक्षम हुनुहुन्छ कि हुँदैन भन्ने विषयमा खासै ध्यान दिएको जस्तो देखिँदैन । नयाँ प्रविधि आउँदा पुरानामा काम गर्ने जनशक्ति विस्थापित हुनुपर्ने अवस्था निम्तिनु हुँदैन । उनीहरुलाई तालिम दिएर अपग्रेड गरिनुपर्छ ।
पछिल्लो समय सवारीसाधनको एसेम्बलिङ उद्योग खुल्ने क्रमले तीव्रता पाएको छ । यस्ता उद्योगमा प्रयोग हुने कम्पोनेन्ट स्वदशमै उत्पादन गर्न हामी कत्तिको सक्षम छौ ?
नेपालमा अहिले प्रायः सबैजसो टु–ह्विलरले एसेम्बल प्लान्ट लगाएका छन् । सीकेडी प्लान्ट लाग्नुअघि उद्योगले के–कस्ता मापदण्ड पुरा गर्नुपर्छ भन्ने विषयमा सरकार प्रष्ट देखिँदैन । दीर्घकालीन सोच बनाएर उद्योगमैत्री वातावरण लागु गर्न सकिएको खण्डमा यस्ता उद्योगले गति लिनेमा कुनै आशंका गर्नु पर्दैन । सरकारले स्पष्ट मापदण्ड बनाएर स्वदेशी कम्पोनेन्ट अनिबार्य प्रयोग गर्नुपने नियम ल्याएको खण्डमा हामी अन्तर्राष्ट्रिय गुणस्तरका स्पेयर पार्ट्स स्वदेशमै उत्पादन गर्न सक्षम छौ ।
सीमा नाकाबाट चोरी पैठारी भएर आउने स्पेयर पार्ट्सले बजारलाई अस्थिर बनाएको धेरै व्यवसायीले गुनासो गर्ने गरेका छन्, यस विषयमा तपाईंको धारणा के छ ?
यस विषयमा हामीले नाडामार्फत सीमा सुरक्षा वलहरुसँग पनि छलफल गरेका छौँ । चोरी निकासी मार्फत पैठारी भएर आउने सामानलाई पूर्ण रुपमा बन्देज लगाउनु पर्छ भन्ने विषयमा नाडासहित समस्त अटोमोबाइल ब्यवसायी र राज्यका निकायहरु पनि सहमत हुनुहुन्छ । यो विषय भन्सार र सीमा नाकासँग सम्वन्धित भएकाले ती क्षेत्र बढी जिम्मेवार बन्नुपर्ने देखिन्छ ।
यो समस्यालाई पूर्ण रुपमा नियन्त्रण गरिनुपर्छ भनेर हामीले सम्वन्धित निकायलाई प्रेसर दिँदै आएका छौ र पछिल्लो समय केही हदसम्म नियन्त्रण भएको पनि छ । जवसम्म सरकारी निकाय जिम्मेवार भएर लागि पर्दैन तवसम्म हामीले आवाज उठाएर मात्रै समाधान होला जस्तो लाग्दैन ।
एमआरपी टाँस्नैपर्ने बाध्यकारी नियमले कतिपय साना र भोल्युममा आयात हुने स्पेयर पार्ट्सको कारोबारमा समस्या आएको समेत सुनिन्छ, खासमा समस्या के हो ?
एमआरपी सहितको विवरण टाँस्नै पर्ने नियम कतिपय अवस्थामा अव्यावहारिक भएपनि यसलाई स्वीकार्नुको अर्को विकल्प छैन । यसको व्यावहारिक पक्षलाई हेरेर केही हदसम्म सरकार पनि लचिलो बनेको देखिन्छ । साना र बल्कमा आउने सामानको हरेक युनिटमा लेवल लगाउनु नपर्ने भनेर सम्बन्धित निकायका प्रतिनिधिहरुले भन्न समेत थाल्नु भएको छ, जसले गर्दा पनि यस विषयमा उठेका धेरै समस्याहरु समाधान भइसकेको छ । यस विषयमा बुझाउन हामीले धेरैपटक विभागका हाकिम र कर्मचारीलाई भेटेका छौं ।
सवारीसाधनको बजार नयाँ प्रविधिमा स्थानान्तरण भइरहेको हालको परिदृश्यले भोलिका दिनमा समग्र कम्पोनेन्ट्स बजारलाई नै कस्तो प्रभाव पार्ने अनुमान गर्न सकिन्छ ?
प्रविधि सधै नै परिवर्तन भैरहने विषय हो । आजभन्दा २०/३० वर्षअघि एउटा प्रविधिका सवारीसाधन बिक्री हुन्थे भने आज आएर नयाँ प्रविधि भित्रिएको छ । अहिले बजारमा ईभीको चर्चा निकै बढी छ । सोही अनुसार हामीले पनि आफ्नो व्यवसायको प्याट्रनलाई चेन्ज गर्नुपर्ने हुन्छ । प्रविधिसँगै हामी पनि परिवर्तन हुन सक्यौ भने बजारमा टिक्न सकिएला नत्र विस्थापित हुनुको अर्को विकल्प रहँदैन । जहाँसम्म नयाँ प्रविधिले स्पेयर पार्ट्सको बजारलाई कस्तो प्रभाव पार्ला भन्ने तपाईंको जिज्ञासा छ, यसको असर आजको भोलि नै देखिने हैन । हामीसँग अहिले पनि लाखौको संख्यामा उही पुरानै प्रविधिका सवारीसाधन गुडिरहेका छन् । ती सवारीसाधन अझै केही वर्ष चल्छन् । तिनलाई मर्मतसम्भार गर्न हामीसँग मौज्दातमा भएका स्पेयर पार्ट्स प्रयोग हुन्छन् । त्यसैले अहिले नै आत्तिहाल्नु पर्ने अबस्था चाँहि म देख्दिन ।
काठमाडौं – सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग...
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधी मण्डलले...
काठमाडौं – भृकुटीमण्डप प्रदर्शनी स्थलमा यही भदौ ११ गतेदेखि नाडा अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...