भ्रामक समाचारको पछि नलाग्न नाडाको आग्रह, विशेष साधरण सभा तोकिएकै मितीमा हुने

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थासंग जोडिएर प्रकाशित समाचारहरुमा गम्भिर आपत्ति जनाएको छ । नाडाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै समचारमा उल्लेख गरिएका दाबीहरू तथ्यविहीन र निराधार रहेको बताएको छ ।

‘नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढाउँदै आएको छ भन्ने कुरा यस अवसरमा स्पष्ट पार्न चाहन्छौ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका वैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनु पर्ने भएकाले यस सम्बन्धमा विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरिसकेको नाडाले जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यस प्रक्रियामा सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुरक्षित गरिएको छ । त्यसैले विशेष साधारण सभा बोलाउने निर्णय अवैधानिक वा संस्थाको इमानदारीता माथि प्रहार भन्ने दाबीहरू पूर्ण रूपमा असत्य छन् । यस विषयमा प्राप्त उजुरीका आधारमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो ।

तर, दुवै पक्षसँग छलफल गरी नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि जिल्ला प्रशासन कार्यलय काठमाडौंले चलानी नम्वर १३० मिति २०८२÷०४÷१५ को पत्रमार्फत उक्त स्थगन आदेश फुकुवा गरेको छ । सो पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संस्थाले वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्न सक्ने अधिकार राख्दछ । यससँगै नाडाको विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रुपमा सम्पन्न हुने मार्ग प्रशस्त भएको छ ।’

पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता आरोपहरू पूर्ण रूपमा गलत रहेको नाडाको भनाई छ । ‘नाडाले कहिल्यै व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा निर्णय गरेको छैन । नेतृत्व चयन र पद हस्तान्तरण, सदस्यहरूको प्रत्यक्ष सहभागिता र मताधिकार मार्फत निर्वाचन सहितको साधारण सभाबाटै हुनेछ भन्नेमा संस्था अडिग छ’ अध्यक्ष करणकुमार चौधरीले भने, ‘संस्थामाथि उठाइएका सबै भ्रामक दाबीहरूको खण्डन गर्दै पुनः स्पष्ट पार्न चाहन्छु म पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ राखेको छैन । यदि सबै सरोकारवालाले सहमति जनाउनु भयो भने, म तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु । संस्थाको नेतृत्व सदस्यहरूको मताधिकार र लोकतान्त्रिक प्रक्रियाबाट नै तय हुन्छ भन्नेमा म दृढ छु ।’

चौधरीका अनुसार, नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको साझा संस्था हो, कुनै व्यक्तिको स्वार्थका लागि प्रयोग गरिने संगठन होइन । संस्थागत सुधार र भविष्यका योजनाहरू पारदर्शि, निष्पक्ष र सदस्यहरूको सामूहिक निर्णयका आधारमा मात्र अघि बढाइने छन् ।

‘हामी सबै सदस्य, व्यवसायी र शुभेच्छुकहरूलाई भ्रामक समाचार वा गलत व्याख्याको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अनुरोध गर्दछौ । जिल्ला प्रशासन कार्यलय काठमाडौंको आधिकारिक पत्रमार्फत विशेष साधारण सभा निर्वाध सम्पन्न गर्ने अधिकार पुष्टि भइसकेकोले अब नाडा पूर्ण कानुनी र संस्थागत ढाँचाभित्र रही आगामी विशेष साधारण सभा सम्पन्न गर्नेछ’ अध्यक्ष चौधरीले भने ।

सम्बन्धित समाचारहरू

देशव्यापी आन्दोलनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष असर, नाडाद्वारा दु:ख प्रकट

देशव्यापी आन्दोलनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष असर, नाडाद्वारा दु:ख प्रकट

काठमाडौं – हालै देशभर भएको आन्दोलन र प्रदर्शनले मुलुकको अर्थतन्त्रदेखि...

‘अटो शाे’ को पूर्वसन्ध्यामा पोखरामा मोटर -याली हुने

‘अटो शाे’ को पूर्वसन्ध्यामा पोखरामा मोटर -याली हुने

पोखरा – पोखरामा ‘कार मोटर -याली’ हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन...

आयात प्रतिबन्धका कारण ५८ शोरुम बन्द, १०० शोरुम बन्द हुने अवस्थामा

आयात प्रतिबन्धका कारण ५८ शोरुम बन्द, १०० शोरुम बन्द हुने अवस्थामा

सरकारले लामो समय देखि गरेको आयात बन्द तथा नेपाल राष्ट्र बैंकले अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...