नाडाद्वारा चाइना अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व

काठमाडौं– नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले चीनमा हालै सम्पन्न अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गरेको छ । २०२५ को जुन ६ र ७ मा चोङछिङमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषय वस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियो ।

नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रिय सहकार्यका अवसरहरुबारे धारणा राखे । यसै क्रममा नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए । सो कार्यक्रममा चीन–आसियान ईभी सहयोग तथा दिगो यातायात र विद्युतीय सवारी प्रवद्र्धनबारे समेत छलफल भएको थियो।

सो सम्मेलनमा डेलिगेशन संवाद समेत सम्पन्न भएको नाडाले जनाएको छ । जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत विचार विमर्श गरिएको थियो । उक्त सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवद्र्धन गर्ने स्टल समेत राखेको थियो, जसमा नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरुको अवस्था र वातावरण तथा नाडाले आउदो अगष्टमा काठमाण्डौमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो । यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूको तर्फबाट समेत उच्चचासो राखिएको थियो ।

उक्त सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवद्र्धन गर्न थप मद्दत पुगेको नाडाले विश्वास लिएको छ । उक्त सम्मेलनमा नाडाका तर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्यद्धय प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्यसमिति सदस्यद्धय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको सहभागिता रहेको थियो । नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलो पटक भएको हो ।

सम्बन्धित समाचारहरू

युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक रणनीति चाहिन्छ

युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक रणनीति चाहिन्छ

काठमाडौं–युवाहरुको बढ्दो विदेश पलायन र नैरास्यतालाई रोक्न सरकारी नीति र...

नाडा अटो शोमा यी सवारी ब्रान्डको सहभागिता हुने, टाइटल स्पोन्सर टाटा.ईभी

नाडा अटो शोमा यी सवारी ब्रान्डको सहभागिता हुने, टाइटल स्पोन्सर टाटा.ईभी

काठमाडौं – दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै नाडा...

भुकम्प पिडितलाई आरएसके ट्रेड कन्सर्नको सहयोग

भुकम्प पिडितलाई आरएसके ट्रेड कन्सर्नको सहयोग

काठमाडौं– स्पेयर पार्ट्स ब्यवसायमा संलग्न कम्पनी आरएसके ट्रेड कन्सर्नले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...