यस्ता हुनेछन् नाडा अटो शो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफर, करिव ७ लाख छुटमा गाडी

काठमाडौं – यसपालिको नाडा अटो शो २०२५ को अवसरमा फोटोन टुनल्यान्ड पिकअप, माउन्टेन ईभी भ्यान, टीएम१ र सोकोन ईभी भ्यानहरूमा विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू उपलब्ध हुने भएका छन् । नेपालका लागि यी विभिन्न ब्रान्डको आधिकारिक वितरक एमएडब्लु ग्रुपले सो अफर उपलब्ध हुने घोषणा गरेको छ ।

यी फोटोन मोडलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने कम्पनीको भनाइ छ ।

चारै मोडलहरूमा आकर्षक छुट दिइएको छ, जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनीमै सार्वजनिक हुनेछन्। टीएम१ को मूल्य ३३ लाख ७४ हजार बाट घटाएर २६ लाख ९९ हजार गरिएको छ। त्यस्तै, माउन्टेन ईभी र सोकोन ईभी भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन्।

फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा अटो शो अगाडि वा रोमान्चकता बढाउनका लागि स्टलमा गर्ने बताइएको छ ।

नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीका साथ प्राप्त हुनेछ। साथै, खरिद प्रक्रियालाई सरल बनाउन तीनै मोडलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसलेगर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडी लिन सक्ने छन्।

यी संयुक्त अफरहरू बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। फोटोन टुनल्यान्ड पिकअप किन्नेलाई ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँको सपिङ कुपन, साथै ३ वर्ष सम्म पाट्र्स सहितको प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (पीएमएस) सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ। माउन्टेन ईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पाट्र्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ। सोकोन ईभीभ्यानले पनि हरेक खरिदमा आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्ने बताइएको छ ।

यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने छन्।

नाडा अटो शो २०२५ मा गएर फोटोनको स्टल ए७ मा टुनल्यान्ड पिकअप, स्टल जे४ मा फोटोन माउन्टेन ईभी र टीएम१ एवम् स्टल जे६ मा गएर सोकोन ईभी भ्यानको अवलोकन गर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप...

मंगलबार नेपालमा टाटा नेक्सन ईभी लङ रेन्ज सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

मंगलबार नेपालमा टाटा नेक्सन ईभी लङ रेन्ज सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं – नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

बुटवलमा प्रोटोन ईमासको ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना

बुटवलमा प्रोटोन ईमासको ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना

काठमाडौँ– जगदम्बा मोटर्स अन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...