बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालमा सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सेरेस ३ ईभीमा विशेष अफर घोषणा गरेको छ ।
यस अनुसार अब नयाँ सेरेस ३ कम्फर्ट मोडल ४५ लाख ४९ हजार रुपैयाँमै उपलब्ध हुनेछ । प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रहेको छ ।
यो भन्दा पहिले यी दुई भेरिएन्टको मूल्य ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँ थियो । यस अनुसार दुई मोडलको मूल्यमा ४ लाख ५० हजार रुपैयाँ सम्म कमी आएको छ ।
कम्पनीले यो अफरलाई ‘सीमाहीन अफर’ भनेको छ । सो विशेष अफरले नयाँ सेरेस ३ लाई अपार मूल्यको साथ उपलब्ध गराएको बताइएको छ ।
सेरेस ३ ले उन्नत प्रविधि, बलियो निर्माण गुणस्तर र स्टाइलिश एसयूभी डिजाइनलाई संयोजन गर्छ। बलियो सडक उपस्थिति र प्रभावशाली अफरोड क्षमताहरूका लागि परिचित सेरेस ३ ईभीले कठिन कोरला सिमानाको भूभागलाई पार गर्ने पहिलो विद्युतीय सवारीको रूपमा समेत प्रमाणित गरेको छ ।
सो सीमाहीन अफरलाई नछुटाउन र नाडा अटो शो २०२४ मा स्टल भ्रमण गरी विशेष मूल्यको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...