सुनसरी लगायतका घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताका लागि अपिल
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोभिड–१९ का कारण समस्यामा परेका व्यवसायीका गुनासोबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी अटोमोबाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेको नाडाले जनाएको छ ।
भेटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको भन्दै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे अवगत गराए । छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरुबारे अवगत गराए ।
त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्ट्स आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जिम कोडको नवीकरण ५ वर्षका लागि हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनु पर्ने तथा नयाँ एक्जिम कोड लिँदा बैंक ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैंक ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।
छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले भारतबाट उच्च गुणस्तरका लुव्रिकेन्ट्स मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे । छलफलको अन्तमा विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोबाइल क्षेत्रमा भएका ज्वलन्त समस्याहरुलाई बुँदागत रुपमा विभागमा पठाउन समेत अनुरोध गरे ।
सो छलफलमा विभागका तर्फबाट प्रवक्ता शिवराज सेढाईसमेतको उपस्थिति रहेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...