प्योर ईभी ईट्रिस्टको अफरोड सहित टेस्ट राइड सम्पन्न : सिंगल चार्जमा १२७ किमी भन्दा बढीको यात्रा
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको प्योर ईभीको इलेक्ट्रिक मोटरसाइकल...
हाल वन्द अबस्थामा रहेको प्यासेन्जर कारको आयत साउन १ गतेदेखी खुल्ने नेपाल सरकारका उद्योग तथा आपूर्ती व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद वडुले बताएका छन् । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा हिँजो गएको प्रतिनिधी मण्लसंगको भेटघाट तथा छलफलको क्रममा उनले व्यवसायीलाई आश्वसन दिँदै सो कुरा बताएका हुन् ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एल.सि मार्जिनमा गरिएको बृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका बृद्धि जस्ता विषयहरुले विगत ८ महिना देखि अटोमोवाइल व्यवसायमा ८० प्रतिशत भन्दा बढीले ह्रास आएको बताएका थिए ।
देशलाई भन्सार विन्दुमा उठने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याएको नेपालको अटोमोवाइल क्षेत्रमा खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेका छन यसलाई तत्काल सम्बोधन गरी हाल लागि आएको आयात प्रतिवन्ध खुलाउन उनले अनुरोध गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिष्ठा आर्जन गर्दे आएको तथा देशकै सबैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय भईसकेको र यस किसिमको प्रदर्शनीले राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पु¥याउने भएकोले त्यसको सहजताको लागि समेत नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध खुल्न जरुरी रहेको उनको भनाई थियो ।
सो भेटघाटको क्रममा मन्त्री बडूले कार जीप र भ्यान जस्ता नीजि सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध यो आषाढ मसान्तसम्मको लागि मात्र भएकोले धैर्य गर्न अनुरोध गर्दै आउँदो श्रावण १ गते देखि सो प्रतिवन्ध फुकुवा हुने आश्वासन दिएका थिए । उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्दिय कार्य समिति सदस्य आकाश गोल्छा तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको प्योर ईभीको इलेक्ट्रिक मोटरसाइकल...
काठमाडौं – सीजी मोटर्सले आज देखि नेटा भी एक्सचेन्ज क्याम्पेन प्रारम्भ...
ट्राफिक जाममा परेर कारकै भित्र बस्न बाध्य भए पनि अब समस्या नहुने भएको छ । अब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...