लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
सुर्खेत - अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) कर्णाली प्रदेश गठन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा भएको अटोमोबाइल व्यवसायीको भेलाले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल कर्णाली प्रदेश गठन गरेको हो । भेलाले सुर्खेत उद्योग वाणिज्य संघका कोषाध्यक्षसमेत रहेका भद्र भण्डारीको अध्यक्षतामा ९ सदस्यीय (नाडा) कर्णाली प्रदेश समिति चयन गरेको छ ।
समितिमा चार पांग्रे गाडी बिक्री वितरणबाट उपाध्यक्ष सैयद अनवर अली, दुई पांग्र्रे बिक्री वितरणबाट उपाध्यक्ष गोविन्द पौडेल, विभिन्न गाडी, मोटरसाइकल पार्ट्स बिक्री वितरणबाट उपाध्यक्ष रमेश पौडेल, महासचिव प्रकाश शाही, सचिव इन्द्रबहादुर खड्का, कोषाध्यक्ष सुशील रेग्मी निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरूमा राजु शर्मा एवं यामलाल आचार्य रहेका छन् । नवगठित कर्णाली प्रदेश कार्यसमितिलाई नाडाका केन्द्रीय उपाध्यक्ष सुवास आचार्य एवं संगठन विस्तार समितिका संयोजक प्रकाश कपुरीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...