भारत मोबिलिटी एक्सपोको सन्दर्भमा नाडा र भारतिय दुतावासविच अन्तरक्रिया

काठमाडौं– भारतमा आयोजना हुन लागेको भारत मोविलिटी एक्सपोका सन्दर्भमा नेपालस्थित भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरसंग नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले अन्तरक्रिया सम्पन्न गरेका छन् ।

नाडाका अनुसार इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सील अफ इण्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चरर्स (सीयाम)को तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरी विच रोड्स शो अन भारत मोविलिटी ग्लोवल एक्सपो को सम्बन्धमा विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रियामा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोवाइल क्षेत्रका विविध पक्षहरुका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोवाइल क्षेत्रको प्रवद्र्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए ।

यही २०२५ जनवरीको १७ देखि २२ सम्म सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चरर्स (सीयाम) को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डपम, यसोभूमि द्धारिका र ग्रेटर नोइदामा भारत मोविलिटी अन्तर्गत अटो एक्सपो—दि मोटर शो २०२५ हुन लागेको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नाडाको तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समितिका सदस्यद्धय श्री कपिल शिवाकाटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दिपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, निलमणी पाठक, अभिक ज्योती, दिपकराज गिरी, नविनकुमार पारख र नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो शो २०२५ मा : प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो शो २०२५ मा : प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

काठमाडौं – भोलि मंगलबारबाट सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो...

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाले ग-यो स्वागत

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाले ग-यो स्वागत

काठमाडौं – हालै जेन–जी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य...

८२ हजारले अवलोकन गरे नाडा अटो शो २०२४, कुन कम्पनीको बुकिङ कति ?

८२ हजारले अवलोकन गरे नाडा अटो शो २०२४, कुन कम्पनीको बुकिङ कति ?

काठमाडौं – गत भाद्र ११ देखि प्रारम्भ भएको नाडा अटो शो २०२४ हिजो समापन भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...