नाडाले ताप्लेजुङका आगलागीपीडितलाई ग-यो २ लाख १ हजार रुपैयाँ सहयोग

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ताप्लेजुङको दोभानका आगलागी पीडितहरुका लागि जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङलाई सहयोग स्वरुप २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्सिय नाडा प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङसँग भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्र्तगत सो रकम बराबरको चेक हस्तान्तरण गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुको राहतको लागि नाडाका पदाधिकारीलगायत कार्यसमिति सदस्यहरुसँग संकलन गरिएको रकम हस्तान्तरण गरेका हुन् । उक्त छलफलको क्रममा भौतिक पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद दिए । मन्त्री नेम्बाङले पनि नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरि प्रदेश सांसदमार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङलाई सो रकम हस्तान्तरण गरिने जानकारी गराए । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत उपाध्यक्षद्वय करण कुमार चौधरी र आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रतीसमेतको उपस्थिति रहेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...