नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

गत वैशाख २४ र २५ गते सम्पन्न सो तालिमले अटोमोबाइल वर्कशपहरुमा सुरक्षा, स्वास्थ्य र कल्याण सम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको थियो ।

विभिन्न प्राविधिक पृष्ठभूमिका व्यक्तिहरु सहभागी भएको सो तालिम कार्यक्रममा जोखिम व्यवस्थापन लगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृतिहरुका सम्बन्धमा जानकारीहरु प्रदान गरिएको थियो ।

नाडाका १२ सदस्य कम्पनीहरुबाट २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो तालिम कार्यक्रममा नेपालका ओएचएस विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यस किसिमको तालिम कार्यक्रम पहिलो पटक आयोजना गरेको हो ।

इन्स्योरसंगको सहकार्यमा नाडाले दुई बर्ष अघि देखि अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयहरुमा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका तालिम कार्यक्रमहरु सञ्चालन गरेको हो ।

तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजिव कुमार राईले २० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरे । सो समापन कार्यक्रममा नाडाका केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान र इन्स्योर परियोजनाका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशी समेतको उपस्थिति रहेको थियो ।

सो तालिम कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका तालिम कोओर्डिनेटर आरजु श्रेष्ठले गरेका थिए ।

सम्बन्धित समाचारहरू

यस्तो छ थापा प्यानलबाट उम्मेदवारी दिने व्यवसायीको सवारी साधन कारोबारमा संलग्नता

यस्तो छ थापा प्यानलबाट उम्मेदवारी दिने व्यवसायीको सवारी साधन कारोबारमा संलग्नता

नाडामा नयाँ नेतृत्वको लागि २ दिनपछि चुनाब हुँदै छ । मंसिर २३ गते हुने...

भ्याट विवरण बुझाउने म्याद थप्न नाडाको अनुरोध

भ्याट विवरण बुझाउने म्याद थप्न नाडाको अनुरोध

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मूल्य अभिवृद्धि कर (भ्याट)...

अटो पत्रकार संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अटो पत्रकार संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको अटो पत्रकार संघ(जाम)को स्वागत तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...