नाडा ईभी एक्सपोको अवसरमा नाडा ईभी चौतारी सेमिनार समेत आयोजना हुने

काठमाडौं – आगामी असोज ६ देखि ९ सम्म आयोजना हुने नाडा ईभी एक्सपोको अवसरमा असोज ७ गते देखि ९ गते सम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म युएसएडको सहकार्यमा नाडा ईभी चौतारी सेमिनार पनि संचालन हुने भएको छ ।

तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ । ईभी चौतारीको पहिलो दिन असोज ७ गते ईभी टेक्नोलोजी एन्ड इकोसिस्टमको वारेमा छलफल हुनेछ भने दोस्रो दिन असोज ८ गते फाइनान्सियल आस्पेक्ट्स अफ ईभीको वारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्ने छन् । अन्तिम दिन असोज ९ गते पोलिसिज फर प्रमोटिङ ईभीज बिषयमा छलफल हुने छ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखि लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाड्ने चौतारी हुने नाडाले जनाएको छ ।

नेपाली अटोमोवाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल’ को आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर ‘नाडा ईभी एक्स्पो’ यही आश्विन ६ गते देखि ९ गते सम्म भृकुटी मण्डप, प्रदशनी हलमा आयोजना हुन गइरहेको छ ।

सम्बन्धित समाचारहरू

अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री ओली सकरात्मक

अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री ओली सकरात्मक

काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका प्रतिनिधी मण्डलले...

देशमै आयआर्जनको वातावरण बनाइदिन उद्योगमन्त्रीलाई नाडाको आग्रह

देशमै आयआर्जनको वातावरण बनाइदिन उद्योगमन्त्रीलाई नाडाको आग्रह

काठमाडाैं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग देशका...

२०० सीसी भन्दा माथिका मोटरसाइकलको मूल्यमा भारी वृद्धि हुने, यस्तो छ बजेटको नयाँ व्यवस्था

२०० सीसी भन्दा माथिका मोटरसाइकलको मूल्यमा भारी वृद्धि हुने, यस्तो छ बजेटको नयाँ व्यवस्था

काठमाडौं – सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेटले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...