नाडा ईभी चौतारीको पहिलो दिन : सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड
नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा...
काठमाडौं - अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शो, २०२५ भव्य रुपमा सम्पन्न भएको छ ।
भदौ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर सुरु भएको नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला आइतबार सकिएको हो ।
यसपटकको नाडा अटो शो भव्यरूपमा सफल भएको नाडाका अध्यक्ष करण चौधरीले दाबी गरे । यो ऐतिहासिक शोमा करिव १ लाख ७७ हजार दर्शकले अवलोकन गरेको नाडाको दाबी छ ।

“नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका यी उपलब्धिहरूलाई एउटा शुभारम्भको रूपमा लिएको छु । यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ,” अध्यक्ष चौधरीले भने ।
समापन समारोहलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सम्बोधन गरेका थिए । उनले नाडाले गरेको नीतिगत विषयलाई आफूले पनि मन्त्रिपरिषद्मा उठाउने आश्वासन दिए । नेपालमा प्रत्येक वर्ष हजारौं मानिसको सडक दुर्घटना हुने गरेको र त्यसलाई सडक सुरक्षाका बारेमा प्रभावकारी बनाउनु पर्नेमा उनको जोड थियो ।
यसपटकको अटो शोमा ‘उड्ने ट्याक्सी’ र उन्नत चारंपग्रे रोबोटले उत्साहित बनायो । चिनियाँ अटोमेकर कम्पनी ‘चांगान–इहाङ’को संयुक्त उत्पादन रहेको यो इलेक्ट्रिक भर्टिकल टेकअफ एन्ड ल्याण्डिङ (इ–भिटिओएल) सवारीले नेपालमा हवाई यातायातको नयाँ सम्भावनाको ढोका खोलेको छ । १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डहरूले आफ्ना उत्पादन प्रदर्शन थिए ।
अटो शोको अर्को विशेष आकर्षणका रूपमा भिन्टेज मोटर शो पनि प्रस्तुत गरिएको थियो । समापनको अवसरमा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरियो । यस पटकको अटो शोमा उत्कृष्ट स्टलको रुपमा कम्पोनेन्टतर्फ हिट्को प्रालि, टु ह्विलर तर्फ अल्फा अटोमोटिभ (रोयल इन्फिल्ड), फोर ह्विलर तर्फ एमएडब्लु वृद्धि (दिपल) र लाइट कमर्सियल भेइकल तर्फ डीएफएसके (अद्वैत ईभी प्रालि) उत्कृष्ट स्टल बने । त्यसैगरी बैंक तथा इन्स्योरेन्समा ग्लोबल आईएमई बैंकले सो अवार्ड जितेको छ ।
नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन...
काठमाण्डौं–नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...