अटो शो, अटो बजार र अपेक्षा

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको अटो शो–२०२३ आज समापन हुँदैछ । कोभिड महामारी र सवारीसाधनको आयात प्रतिवन्धका कारण विगत तीन वर्षसम्म हुन नसकेको अटो शो चौथो वर्षमा आयोजना गरेर नाडाले शिथिल अवस्थामा रहको विद्यमान अटोबजारलाई चलायमान बनाउन खोजेको प्रष्ट हुन्छ ।

दुई वर्षअघि बजारमा आर्थिक तरलताको अभाव शुरु भएसंगै केन्द्रिय बैंकले लिएको नीतिका कारण अटोबजार निरन्तर ओरालो यात्रामा छ । त्यपछि अटो कर्जामा गरिएको कडाइ र आयातमा लगाएको प्रतिवन्धले बजारलाई झन् सिथिल बनाउँदै लग्यो । पछिल्लो समय समग्र अर्थतन्त्रमै मन्दि देखिएका कारण उपभोक्ताको क्रय शक्तिमै ह्रास आइरहेको छ ।परिणामस्वरुप बजारमा सवारीसाधन खरिद गर्ने ग्राहक नै भेट्टिन मुस्किल परिरहेको थियो ।

नेपालमा अटोमोवाइल व्यावसाय भनेकै सवारी बजार हो भन्ने बुझाइ पनि छ । तर यो विशाल क्षेत्रमा सवारीसाधन संगै यससंग जोडिएर आउने टायर, ब्याट्री, लुब्रिकेन्ट्स, स्पेयर पार्ट्स र एसेसोरिजको हिस्सा पनि निकै ठूलो छ ।

आर्थिक मन्दिका कारण अहिले यी सवै क्षेत्रको कारोवार कम भइरहेको छ । व्यापारमा ह्रास आएपछि व्यावसायी पलायन हुने क्रम समेत वढिरहेको छ । यो क्षेत्रमा काम गर्दै आएका धेरैले रोजगारी समेत गुमाइरहेका छन् ।

सवारीसाधनको प्रमुख सिजन मानिने ‘फेस्टिवल सिजन’को अवसरमा नाडाले अयोजना गरेको अटो शो सवारीसाधनको कुम्भ मेला भएका कारण पनि यहाँ दर्शकको उपस्थिति निकै बाक्लो हुनेगर्छ । अटो शोलाई लक्षित गरेर विभिन्न कम्पनिले नयाँ मोडलका कार र मोटरसाइकल ल्याएका छन् ।

यसरी ल्याइएका सवारीसाधनको बिक्री वढाउन आयातकर्ता कम्पनीले विभिन्न स्किम र अफर समेत लन्च गरेका छन् । साथै बैंक तथा बित्तिय संस्थाले पनि कर्जा प्रवाहलाई सहज बनाउँदै लगेका छन् । यी सवै परिदृश्यले अटो शो–२०२३ सफलता उन्मुख वनिरहेको छ । मेलामा २० अर्व हाराहारीको कारोवार हुने आयोजक संस्था नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले अपेक्षा राखेको छ । यहि भाद्र २६ देखी सुरु भएको मेलालमा शनिवार सम्म १ हजार हाराहारी सवारीसाधन बिक्री भएको अनुमान गरिएको छ ।

मेलामा कति रकम वरावरको कारोवार भयो भन्दा पनि अहिलेको विषम आर्थिक परिस्थितिका वावजुत नाडाले मेला आयोजना गरेर सवारी साधन बिक्रेता, खरिद कर्ता र यससंग सम्वन्धित सवै पक्षलाई उत्साहित भने अवश्य वनाएकै छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...