बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– नाडा अटो शो–२०२३ सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा भएको मेला ६ दिनसम्म चलेको थियो । मेलालाई ७६ हजार बढी दर्शकले अवलोकन गरेको नाडा अध्यक्ष ध्रुव थापाले बताए ।
३ वर्षपछि आयोजना भएको मेलामा २ हजार हाराहारी सवारीसाधन वुकिङ भएको आयोजक संस्था नाडाले जनाएको छ । ४५ वटा ब्रान्ड सहभागी मेलामा चारपाङ्ग्रेबाट १६, दुई पाङ्ग्रेबाट २२ वटा, कमर्सियलबाट ७ वटा र वाँकी वैंक तथा वित्तिय संस्था र स्पेयर पार्ट्स एवं कम्पोनेन्ट्सबाट सहभागी थिए ।
२० अर्व हाराहारी कारोवार हुने अपेक्षा गरिएको मेलामा कति रकम कारोवार भयो भन्ने विषयमा स्पष्ट जानकारी प्राप्त भएको छैन । मेलामा यसपटक विद्युतिय गाडीले अवलोकन कर्ताको ध्यान आकृष्ट गरेको थियो । अटो शोलाई लक्षित गरी टाटाले टियागो ईभी, बीवाइडीले डल्फिन, नेटा यू, एमजी–४ र कमेट, सेरेस–३ र ई–१, मेक्ससले मीफा–९ र स्काइवेल ईटी–५ लन्च भएका थिए ।
यसैगरी हुन्डाईले आयोनिक–५ र कोना इभी, सिट्रोन ईसी–३, वुलिङ, बीवाइडी एट्टो–३ फोटोन टिएम१ र इलेक्ट्रिक भ्यान, किङलङको माइक्रोवस र पूजा कन्स्ट्रक्सन नेपालले ल्याएको एसआरएम भ्यान प्रदर्शनीमा राखिएका थिए ।
मेलामा सवैभन्दा वढि टाटा गाडी बिक्रेता सिप्रदी ट्रेडिङले ५ सय वटा टियागो ईभी वुकिङ लिएको जनाएको छ । यसैगरी बीवाइडी बिक्रेता साइमेक्स इंकले डल्फिन सहित ४ सय हाराहारी ईभी र सेरेस बिक्रेता एमएडव्लु बृद्धि अटोकर्पले ३ सय हाराहारी गाडीको वुकिङ लिएको बताए । यसैगरी कम्वसन गाडीमा हुन्डाई, महिन्द्रा, निसान, सुजुकी र कियाले राम्रो संख्यामा वुकिङ लिएका थिए ।
मोटरसाइकलमा सवैभन्दा वढी रोयल इन्फिल्ड हन्टर वुकिङ भयो भने टिभिएस रोनिन र होन्डा डिओ–१२५ मा आकर्षण देखिएको थियो । मेलालाई लक्षित गरी विभिन्न वैंकले अटो कर्जामा स्किम ल्याएका थिए । यसपटक फोर ह्विलरमा बीवाइडी, टु ह्विलरमा जावा, कमर्सियलमा फोर्स मोटर र कम्पोनेन्टतर्फ पौडेल इन्टरप्राइजेजले राखेको लिक्वीमोली स्टल उत्कृष्ट घोषित भए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...