आजदेखी शुरु हुँदै अटो शो–२०२३, यस्तो छ नाडा अटो शोको विगत

दसै तिहार जस्ता चाडपर्वको पूर्वसन्ध्यामा नाडा अटोमोवाइल एसोसियसन अफ नेपालले सवारीसाधन र यो संग सम्वन्धित सामग्रीहरुको प्रदर्शनी अर्थात नाडा अटो शो–२०२३ को आयोजना गरिरहेको छ । उक्त प्रदर्शनी भदौ २६ देखि ३१ गतेसम्म राजधानीको भृकुटी मण्डपको प्रदर्शनी कक्षमा आयोजना भैरहेको छ । अटो शोको शिर्ष प्रायोजक टाटा जन्यूईन आयल छ ।

सवारीसाधन तथा सवारीसाधनसम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रवद्र्धन गर्नु नाडा अटो शोको मुख्य लक्ष्य रहेको नाडाले जनाएको छ ।

६ दिनसम्म चल्ने अटो शोमा साना ठूला गरी १ सय २० वटा स्टलहरु रहने नाडाले जनाएको छ । जसमा ४५ वटा ब्रान्डले सहभागिता जनाउने भएका छन् । १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ३० वटा ब्राण्डका कम्पोनेन्ट, ७ वटा ब्रान्डका कमर्सियल भेइकल तथा ९ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।

मेलाको प्रमुख प्रायोजक टाटा जेन्युईन आयल हो भने प्रवेश टिकटमा एकजना भाग्यशाली बिजेताले याडिया इलेक्ट्रिक स्कुटर उपहार पाउनेछन् । मेला ७५ हजारभन्दा बढीले अवलोकन गर्ने र २० अर्व हाराहारी कोरोवार हुने अपेक्षा राखिएको छ ।

यसपटकको अटो शो लाई ब्यवस्थित बनाउन आयोजक संस्था नाडाले भृकुटीमण्डप भित्र सवारीसाधनलाई निषेध गरेको छ । यसबाट आवागमन सहज हुने अपेक्षा गरिएको छ । मेला ७५ हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । यसपपटकको मेलामा विद्युतिय गाडी प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

प्रदर्शनीमा प्रख्यात ब्रान्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसोसेरीजहरू र वैंक तथा बित्तिय संस्थालगायत नेपालमै उत्पादित सामग्रीहरूसमेत छन् ।

दसैं आउन करिब महिना दिन अगाडि गर्न लागिएको अटो शोमा सवारीका नयाँ मोडलहरू समेत सार्वजनिक हुनेछन् । मेलमा खरिदकर्ताहरूलाई विभिन्न कम्पनीहरुले छुट र उपहारको समेत व्यवस्था मिलाएका छन् ।

पहिलो अटो शो–१९९८

सन् १९९८ बाट नेपालमा अटो शो शुरु भएको हो । ग्लोवल एग्जिवेशन एण्ड म्यानेजमेन्ट सर्भिस (जेम्स) को ओयोजनामा नोभेम्वर ५ देखि ८ सम्म पहिलो अटो शो भएको थियो । त्यतिबेला नाडाले आयोजक नभई सहयोगीको भूमिका मात्र निर्वाह गरेको थियो । उक्त अटो शो भृकुटी मण्डपमा आयोजन भएको थियो । जतिवेला नेपालका अटोसम्बन्धी विभिन्न २६ कम्पनीले सहभागिता जनाएका थिए । पहिलो अटो शो भएका कारण अवलोकनकर्ताको संख्या न्यून थियो ।

दोस्रो अटो शो –२०००

दुई वर्ष पछि २००० को नोभेम्वर २२ देखि २६ सम्म दोस्रो अटो शो आयोजना भयो । जसमा ३१ कम्पनीले सहभागिता जनाएका थिए । त्यतिवेला पनि ग्लोवल एग्जीवेशनले नै शो को आयोजना गरेको थियो र नाडा सहयोगी भूमिकामा थियो । भृकुटिमण्डपमा आयोजना भएको उक्त शो राजपरिषद् स्थायी समितिकाा अध्यक्ष डा. केशरजंग रायमाझिले उद्घाटन गरेका थिए ।

तेस्रो नाडा अटो शो–२००४

तेस्रो संस्करणसम्म आउँदा अटो शोको अगाडि नाडा थपिएर ‘नाडा अटो शो’ बन्यो । नाडा र जेम्सको संयुक्त आयोजनामा अटो शो सम्पन्न भएको थियो । उक्त अटो शो भृकुटीमण्डवबाट सरेर नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना भएको थियो । जुन अटो शोमा सहभागिताहरुको संख्या विगतका तुलनामा दोब्बर थियो । मन्त्री हरिबहादुर बस्नेतले उद्घाटन गरेको अटो शोमा ६२ कम्पनिले सहभागिता जनाएका थिए ।

चौथो नाडा अटो शो–२००७

यो अटो शो पनि वीरन्ेद्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको थियो । २७ सेप्टेम्वरदेखी १ अक्टोबरसम्म भएको शोको उद्घाटन अर्थमन्त्री डा. रामशरण महतले गरेका थिए । अघिल्ले अटो शोमा भन्दा यसमा सहभागी कम्पनीको संख्या भने घटेको थियो । तेस्रो अटो शोमा ६२ कम्पनीले सहभागिता जनाएकोमा चौथोमा ४३ कम्पनी मात्रै सहभागी भए ।

पाँचौ नाडा अटो शो–२००९

चौथो अटो शो सम्पन्न भएको तीन वर्ष पछि मात्रै पाँचौ भयो । सन् २००९ २८ अगस्टदेखि १ सेप्टेम्वरसम्म भएको यो शो पुनः पुरानो स्थल भृकुटीमण्डपमा फर्कियो । त्यसपछि भने निरन्तर भृकुटिमण्डपमा अटो शो हुँदै आएको छ । नाडाका संस्थापक अध्यक्ष तोलाराम दुगडले अटो शो उद्घाटन गरेका थिए । यो अटो शोमा सहभागी कम्पनीको संख्या अघिल्लोको तुलनामा झनै घट्यो । ३२ कम्पनीले मात्रै भाग लिएका थिए ।

छैठौँ नाडा अटो शो–२०११

७ देखि ११ सेप्टेम्वरमा छैठौँ नाडा अटो शो सम्पन्न भयो । उक्त अटो शो को शुभारम्भ तत्कालिन अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । छैठौँ अटो शोमा ३८ कम्पनीको सहभागिता रहेको थियो ।

सातौँ नाडा अटो शो–२०१२
सातौ अटो शोबाट यो वर्षेनी आयोजना हुन थाल्यो । १९ देखि २३ सेप्टेम्वरसम्म सञ्चालन भएको सातौँ नाडा अटो शोको उद्घाटन तत्कालिन अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । सातौ अटो शोमा सहभागि कम्पनिहरको संख्या बढेर ५५ पुगेको थियो ।

आठौँ नाडा अटो शो–१०१३

११ देखि १५ सेप्टेम्बरसम्म सञ्चालन भएको थियो, यो अटो शो । उक्त अटो शोको उद्घाटन तत्कालिन अर्थमन्त्री शंकरप्रसाद कोइरालाले गरेका थिए । आठौँ संस्करणमा सहभागी कम्पनीको संख्या फेरि घट्यो । यो शोमा ४० कम्पनी मात्रै देखिए ।

नवौँ नाडा अटो शो–२०१४
३ देखि ७ सेप्टेम्वरसम्म भएको यो अटो शोको उद्घाटन अर्थमन्त्री डा. रामशरण महतले गरेका थिए । नवौँ संस्करणमा भने सहभागी कम्पनिहरुको संख्या अत्याधिक बढ्यो । एक सय भन्दा बढी स्टल राखिएको अटो शो ५० हजारले अवलोकन गरेका थिए ।

दशौं नाडा अटो शो– २०१५
२९ भदौदेखी ४ असोजसम्म संचालन भएको यो शोमा दुई पाङ्ग्रेका १५ ब्राण्ड र चार पाङ्ग्रेका १४ ब्राण्डका सवारी साधन सहभागी थिए । त्यसैगरी कमर्सियल सवारी साधनका ५ ब्राण्ड सहभागी थिए । प्रदर्शनी हुने क्षेत्रफल ९ हजार बर्गमिटरको थियो । यसअघि ८ हजार बर्गमिटर क्षेत्रफलमा अटो शो भएको थियो । क्षेत्रफल बढाएर स्टल संख्या पनि एक सयबाट एक सय २० पु¥याइएको थियो । पहिले एउटा ‘डोम’ मा अटो शो हुँदै आएको थियो । तर यो बर्ष दुई वटा पु¥याइएको थियो । यो अटो शो ६० हजारले अवलोकन गरेका थिए । मेलाको उद्घाटन तत्कालिन अर्थमन्त्रि रामशरण महतले गरेका थिए ।

एघारौं नाडा अटो शो–२०१६
एघारौं नाडा अटो शो १४ देखी १९ भदौसम्म ६ दिन सञ्चालन भएको थियो । मेलामा २ पाङ्ग्रेका १५ ब्राण्ड र चार पाङ्ग्रेको १६ ब्राण्डले सहभागिता जनाएका थिए । कमर्सियल सवारी साधनका ५ ब्राण्ड सम्मिलित थिए । सर्बो लुब्रिकेन्ट मुख्य प्रायोजक रहेको अटो शोमा क्याप्टेन विजय लामा ब्राण्ड एम्वेस्डर भएका थिए । यसअघिको परम्परालाई दोड्दै तत्कालिन अर्थमन्त्रि कृष्ण बहादुर महराले औपचारिक कार्यक्रम विनानै मेलाको उद्घाटन गरेका थिए । मेलामा १ सय २५ स्टलको व्यवस्था गरिएको थियो । मेलामा अटमोबोइल कम्पनीलगायतका ७४ संस्थाको सहभागिता जनाएका थिए । ६० हजारले मेला अवालोकन गरेका थिए भने ३ अर्व रुपियाँभन्दा बढीको कारोवार भएको थियो ।

बाह्रौ नाडा अटो शो–२०१७
बाह्रौ अटो शो भदौ १३ गतेबाट सुरु भएर १८ गतेसम्म सञ्चालन भएको थियो । मेलामा साना ठूला गरी १ सय ३० वटा स्टल रहेको थिए । जसमा अटोमोवाइल र वैंक गरी ९० संस्थाले सहभागिता जनाएका थिए । १६ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे र ६ वटा ब्राण्डका हेभी तथा कर्मसियल भेहिकलको सहभागीता रहेको थियो । मेलाको प्रमुख प्रायोजक सर्भो लुव्रिकेन्ट्स थियो भने प्रवेश टिकटमा बम्पर उपहार स्वरुप युएम रेन्गेड बाइक राखिएको थियो । मेलाको उद्घाटन तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मिन वहादुर विश्वकर्माले गरेका थिए । मह जोडीलाई अटो शोको ब्राण्ड एम्वेस्डर बनाइएको थियो । मेला ५० बढीले अवलोकन गरेका थिए भने २ अर्व हाराहारीमा कारोवार भएको थियो ।

तेह्रौं नाडा अटो शो–२०१८
तेह्रौ अटो शो भदौ २६ गतेबाट सुरु भएर ३१ गतेसम्म सञ्चालन भएको थियो । मेलामा साना ठूला गरी १ सय ३४ वटा स्टलहरु राखिएका थिए । जसमा ७१ कम्पनीले सहभागिता जनाएका थिए । १९ वटा ब्राण्डका चार पाङ्ग्रे र २० वटा ब्राण्डका दुई पाङ्ग्रे सहित मेलामा टायर, लुव्रिकेन्ट्स, व्याट्रि, ग्यारेज इक्युपमेन्ट र स्पेयर पार्टस तथा एसेसोरिजको सहभागीता रहेको थियो । यो अटो शोमा वैंक तथा वित्तिय संस्था र कर्मसियल भेहिकल्सका लागी भने स्टल उपलव्ध गराइएको थिएन । अघिल्ले बर्षमा जस्तो ब्राण्ड एम्वेस्डर समेत राखिएको थिइएन । मेलाको प्रमुख प्रायोजक सर्भो लुव्रिकेन्ट्स रहेको थियो भने प्रवेश टिकटमा हरेक दिन एकजना भाग्यसाली बिजेतालाई कुल प्याड मोवाइल प्रदान गरिएको थियो । मेला ५० हजारभन्दा बढीले अवलोकन गरेका थिए भने २ अर्वमाथी कारोवार भएको थियो ।

चौधौ नाडा अटो शो–२०१९
१४ औं अटो शो भदौ १० गतेबाट सुरु भएर १५ गतेसम्म सञ्चालन भएको थियो । मेलामा साना ठूला गरी १ सय ६० वटा स्टलहरु रहेका थिए । जसमा ९० वटा कम्पनीले सहभागिता जनाएका थिए । २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको थियो । मेलाको प्रमुख प्रायोजक सर्भो लुव्रिकेन्ट्स थियो भने प्रवेश टिकटमा एकजना भाग्यशाली बिजेताले जिपिएक्स ब्राण्डको जेन्टलमेन मोटरसाइकल उपहार पाएका थिए । मेला ७५ हजारभन्दा बढीले अवलोकन गरेका थिए भने ५ अर्बमाथी कारोवार भएको थियो ।

पन्ध्रौ नाडा अटो शो–२०२३
चालु अटो शो १५ औं संस्करणको हो । मेला भदौ २६ गतेबाट सुरु भएर ३१ गतेसम्म सञ्चालन हुनेछ । मेलामा साना ठूला गरी १ सय २० वटा स्टलहरु रहने नाडाले जनाएको छ । जसमा ४५ वटा ब्रान्डले सहभागिता जनाउने भएका छन् । १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ३० वटा ब्राण्डका कम्पोनेन्ट, ७ वटा ब्रान्डका कमर्सियल भेइकल तथा ९ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ । मेलाको प्रमुख प्रायोजक टाटा जेन्युईन आयल हो भने प्रवेश टिकटमा एकजना भाग्यशाली बिजेताले याडिया इलेक्ट्रिक स्कुटर उपहार पाउनेछन् । मेला ७५ हजारभन्दा बढीले अवलोकन गर्ने र २० अर्व हाराहारी कोरोवार हुने अपेक्षा राखिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...