नाडा अटो शो २०२४ : सुजुकीले के गर्दैछ समथिङ स्पेसल ?

यो वर्षको नाडा अटो शो २०२४ आगामी भदौ ११ देखि १६ गते सम्म भृकुटी मण्डपमा हुँदैछ । सो अवसरमा अन्य ब्रान्डका साथै सुजुकी चार पांग्रे सवारी साधनको स्टल समेत रहने छ । चार पांग्रेमा अन्य सबै स्टल ईभीको हुने भए पनि सुजुकी एक मात्र यस्तो ब्रान्ड हुनेछ, जसले पेट्रोलियम अर्थात आईसीई कारको प्रतिनिधित्व गर्नेछ ।

नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा सञ्चालित सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्प चौधरीको नेतृत्वमा भएकाले बाध्यात्मक रुपमा स्टल राख्न थालेको भनेर पनि कतिपयले चर्चा गर्ने गर्छन् । तर वास्तवमा यसो नभएको कम्पनी स्रोतको भनाइ छ ।

पछिल्लो सममया अटो शोमा कुन कम्पनीले के नयाँ ल्याउने भनेर चर्चा हुने क्रम जारी छ । सो सन्दर्भमा सुजुकीले भने अहिले केही बोलेको छैन । यद्यपि कम्पनी स्रोतले भने केही विशेष अर्थात समथिङ स्पेसल ल्याउने बतायो । यद्यपि पहिलेकै ट्रेन्ड अनुसार अहिले नै सुजुकीले के ल्याउने भनेर सार्वजनिक नगर्ने बताएको छ ।

सुजुकीले यो भन्दा पहिले नेपाली बजारमा नयाँ ब्रेजा, जिम्नी, फ्रङ्क्स जस्ता मोडल ल्याएको छ । भारतमा लन्च भइसकेको नयाँ स्विफ्ट नेपाल आउन बाँकी छ । सो गाडी नेपाल आउने सम्भावना पनि रहन्छ ।

त्यसैगरी सुजुकीले अहिले सम्म अन्तर्राष्ट्रिय बजारमै ईभी ल्याएको छैन । कम्पनीले ईभीएक्स ल्याउने तयारी भने गरिरहेको छ । यद्यपि सो ईभी अहिले नै नेपाल आउने सम्भावना कम मात्र छ ।

मारुती सुजुकीले आफ्नो भिजन ३.० रणनीति अन्तर्गत आगामी ४ वर्षमा ८ नयाँ मोडल ल्याउने घोषणा गरेको छ । जसमा ईभी, हाइब्रिड, सीएनजी, फ्लेक्स फ्युल र परम्परागत पेट्रोलबाट चल्ने सवारीसाधन रहने जनाइएको छ ।

कार निर्माता कम्पनीले आगामी ८ वर्षमा आफ्नो उत्पादन क्षमता दोब्बर गरी ४० लाख युनिट पु(याउने र निर्यात तीन गुणा पु(याउने लक्ष्य राखेको छ । २०२४ मा नयाँ स्विफ्ट र डिजायरको साथै इलेक्ट्रिक कार ईभीएक्स लन्च गर्ने कम्पनीको तयारी छ । सो नयाँ कम्प्याक्ट ईभीले हुन्डाईले ल्याउन लागेको क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

४ वर्षभित्र कम्पनीले ग्रान्ड भिटारामा आधारित नयाँ एमपीभी, अर्को नयाँ इलेक्ट्रिक एमपीभी, सबैभन्दा किफायती ईभी ईडब्लुएक्स र अन्य सब कम्प्याक्ट एसयूभी लन्च गर्ने जनाएको छ ।

धेरै कम्पनीहरुले भारतमा पहिले लन्च गरेर त्यसपछि मात्र नेपाली बजारमा नयाँ कार लन्च गर्ने गर्छन् । त्यसमा केही कम्पनी अपवाद छन्, जसले पहिले नेपालमा लन्च गरेर मात्र अन्य देशमा लन्च गर्छन् ।

यी सबै तथ्यका आधारमा सुजुकीले नेपाली बजारमा कुनै नयाँ कार लन्च गर्ने मात्र होइन, यससँग सम्बन्धित अन्य केही विशेष योजना समेत सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ । यद्यपि यसको वारेमा बुझ्नका लागि भने नाडा अटो शो नै कुर्नुु पर्नेछ ।

सम्बन्धित समाचारहरू

भारतीय सेनाले मारुती सुजुकी जिप्सीको सट्टा प्रयोग गर्न थाल्यो जिम्नी

भारतीय सेनाले मारुती सुजुकी जिप्सीको सट्टा प्रयोग गर्न थाल्यो जिम्नी

भारतीय सशस्त्र बलले आधिकारिक रूपमा जिप्सीलाई नयाँ मारुती सुजुकी जिम्नी...

मारुती सुजुकीको वार्षिक उत्पादन २० लाख युनिट नाघ्यो, बन्यो नयाँ माइलस्टोन

मारुती सुजुकीको वार्षिक उत्पादन २० लाख युनिट नाघ्यो, बन्यो नयाँ माइलस्टोन

मारुती सुजुकीले आफ्नो इतिहासमा पहिलो पटक एक क्यालेन्डर वर्षमा २० लाख गाडी...

सुजुकी भी–स्ट्रोम कि बजाज डोमिनार ४०० ? तपाईको रोजाइमा कुन ?

सुजुकी भी–स्ट्रोम कि बजाज डोमिनार ४०० ? तपाईको रोजाइमा कुन ?

नेपाली बजारमा धेरै मोडलका बाइक बिक्रीका लागि उपलब्ध छन् । मूल्य र फिचरका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...