बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्सिय नाडा प्रतिनिधि मण्डलले बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटी अटोमोबाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेकोे नाडाले जनाएको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको बताउँदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेका थिए । उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आर्थिक बर्ष २०७७/७८ को बजेटले नेपालमा आधिकारिक विक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्वारा नियुक्त जुनसुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको विषयमा माननीय मन्त्री पौडेललाई जानकारी गराए ।
त्यसैगरी सो छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्ट्स समितिका सभापति सुनिल रिजालले स्पेयर पार्ट्सको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे जानकारी गराएका थिए ।
उक्त छलफलको क्रममा अर्थमन्त्री पौडेलले नेपालमा विद्युतीय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अव अटोमोबाइल व्यवसायीहरुले नेपालमै विद्युतीय सवारी साधनहरुको उत्पादन थाल्नु पर्ने र त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफुले गरि दिने बताए ।
सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंघानिया समेतको उपस्थिति रहेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...