नेपालको अटोमोबाइल्स क्षेत्रको विकासका लागि नयाँ दिल्लीमा ४ बुँदे सम्झौता

नेपालको अटोमोबाइल्स क्षेत्रको विकासका लागि भारतको नयाँ दिल्लीमा त्रिपक्षिय सम्झौता सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा), अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल(एएसडिसी) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफयाक्चर्स एशोसिएशन(एसिएमए) बिच चार बुंँदे संझौता भएको हो ।

उक्त संझौतामा नाडाका तर्फबाट अध्यक्ष करण चौधरी, एएसडिसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसिएमएको तर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन ।

संझौताअनुसार, तीन संस्था मिलेर नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिङ र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढावा दिन उल्लेख गरिएको छ । साथै, नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरू, मूल््यांकनकर्ताहरू र नाडामा आबद्ध व्यवसायीहरुलाई तालिम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

सो हस्ताक्षर समारोहमा एसडिसीका तर्फबाट अध्यक्ष एफआर सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिशकुमार चौरसिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी एसिएमएकातर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्धय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो ।

त्यस्तै नाडाका तर्फबाट निवर्तमान अध्यक्ष धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो शो २०२५ मा : प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी नाडा अटो शो २०२५ मा : प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

काठमाडौं – भोलि मंगलबारबाट सुरु हुने नाडा अटो शो २०२५ मा नेपालकै पहिलो...

मौद्रिक नीतिले ईभी प्रयोगमा कमी ल्याउने बताउँदै पुरानै व्यवस्था कायम गर्न नाडाको माग

मौद्रिक नीतिले ईभी प्रयोगमा कमी ल्याउने बताउँदै पुरानै व्यवस्था कायम गर्न नाडाको माग

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिका कारण...

नाडा अध्यक्ष भन्छन् – नाडा अटो शोमा १ रुपैयाँको कम्पोनेन्ट देखि करोडौंको गाडी हेर्न पाइने छ

नाडा अध्यक्ष भन्छन् – नाडा अटो शोमा १ रुपैयाँको कम्पोनेन्ट देखि करोडौंको गाडी हेर्न पाइने छ

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...