अटो शोमा बुकिङ लिएका ग्राहकले पाउन थाले डल्फिन
काठमाडौं– नाडा अटो शो–२०२३ मा बीवाइडी डल्फिन वुकिङ लिएका ग्राहकले गाडी...
काठमाडौं – विद्युतीय गाडी वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नबिल बैंकसँग साझेदारीको घोषणा गरेको छ ।
हालै नेपाली बजारमा उपलब्ध वुलिङ्ग बिंगो ईभीमा रुचि राख्ने ग्राहकका लागि वित्तीय सुविधा उपलब्ध गराउन, नेपाली ग्राहकको पहुँचमा पु-याउन र आर्थिक सहजता प्रदान गर्न साझेदारी गरिएको कम्पनीले जनाएको छ ।
यो साझेदारीसँगै, वुलिङ बिंगो ईभी परिवारमा सामेल हुन चाहने ग्राहकले अब नबिल बैंकको वित्तीय सुविधाबाट लाभान्वित हुन सक्ने बताइएको छ । जसमा ७ वर्षसम्मको फ्लोटिङ ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशत सम्मको फाइनान्सिङ सुविधा लगायतका सुविधा यसमा छन् । ग्राहकले ५ वर्षको लागि ९.९९ प्रतिशत र ७ वर्षको लागि १०.४९ प्रतिशतको स्थिर ब्याजदर, वा आधार दर + प्रिमियम मोडलमा आधारित अस्थिर ब्याज दर (१–३% को प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधार दर) बीच छनौट गर्न सक्नेछन् ।
बैंकले व्यक्तिगत कर्जाको लागि भ्याट बिलको ८० प्रतिशत सम्म र फर्मका लागि ७० प्रतिशत सम्म फाइनान्सिङ गर्नेछ, जसको वित्तीय सीमा २५ लाख रुपैयाँ रहेको छ । अटो लोनको अवधि बैंकको नीति अनुसार स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फि सहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्छ ।
चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङले सेनाका उपकरण मर्मत गर्नेदेखि विमान, खेती गर्ने मेसिन र ट्रयाक्टर उत्पादन गर्ने काम गरेको थियो । १९८० को दशकमा मित्सुबिशीसँग साझेदारी गर्दै वुलिङले गाडी उत्पादनमा प्रवेश गर्यो । सन् २००२ मा एसएआईसी, जीएम र वुलिङ मिलेर संयुक्त उद्यम स्थापना गरेका थिए, जसले वुलिङ होङगुवाङ एमपीभी र होङगुवाङ मिनी ईभीको सफल नेतृत्व ग¥यो ।
सन् २०२० देखि २०२२ सम्म विश्वको सबैभन्दा धेरै बिक्री हुने सानो इलेक्ट्रिक कारको रुपमा ख्याति कमाएका यी गाडीहरु २०२३ को शुरुवातमा १.१ मिलियन भन्दा बढी बिक्री भएको थियो । आज वुलिङले गुआङसी अटोमोबाइल समूह अन्तर्गत विद्युत र आईसीई इन्जिनबाट चल्ने एसयूभी, एमपीभी, पिकअपहरु र व्यावसायिक सवारीहरु उत्पादन गर्दछ ।
काठमाडौं– नाडा अटो शो–२०२३ मा बीवाइडी डल्फिन वुकिङ लिएका ग्राहकले गाडी...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सेकेन्ड...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...